२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राखिने बताएका छन् ।

बनेपा नगरपालिका–६ बूडोलमा आज शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, ‘आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।’ उनले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी प्रेसमा पहिलो चरणमा पेपर वेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिए ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने बताए ।

उनले विकासको काम तीव्रताका साथ अगाडि बढेको बताए । ‘विकासले गति लिएको छ’ उनले थपे, ‘तपाईहरु ढुक्क हुनुहोस् यो गतिले अब कहिल्यै विश्राम लिने छैन ।’ उनले सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको बताए ।

मन्त्री बाँस्कोटाले बनेपा नपाको समग्र विकासमा हाललाई रु ६ करोड दिइएको र केही समयपछि रु चार करोड थपिदिने बताए । कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुमागाई शहीद मार्गका लागि प्रदेश सरकारले रु ५० लाख छुट्याइएको बताए ।

सो अवसरमा बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र नपा उपप्रमुख रेखा दाहालले विकासका हरेक योजनामा गुणस्तरलाई ध्यान दिने बताए ।