२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यास नगरपालिकाको आय रु एक अर्ब २० करोड

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ का लागि रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ ।

आजदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे । चालू आवका लागि कूल रु एक अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकामा माघ २६ गतेसम्म रु ६० करोड ४९ लाख २६ हजार ५०० यथार्थ आय हुन आएको नगर उपप्रमुख जोशीले जानकारी गराए । आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख अनुमान गरिएकामा माघ २५ गतेसम्म रु सात करोड ६५ लाख ७९ हजार यथार्थ आम्दानी हुन आएको छ भने बाह्य तथा अन्य आयमा रु ९८ करोड १३ लाख ३४ हजार अनुमान गरिएकामा रु ५२ करोड ८३ लाख ४७ हजार ५०० यथार्थ आय हुन आएको छ ।

हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा रु ४१ लाख ८८ हजार थप आय हुने गरी कूल आन्तरिक आय रु १४ करोड ५२ लाख ८८ हजार हुने गरी संशोधित आय अनुमान कायम गरिएको जोशीले बताकृष्ण न्यौपाने । बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी रु सात करोड ३६ लाख ६३ हजार थप आय तथा कूल बाह्य र अन्य आय रु एक अर्ब पाँच करोड ४९ लाख ९७ हजार गरी आन्तरिक, बाह्य र अन्य आयसमेत गरी कूल रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय अनुमान कायम गरिएको छ ।

चालू आवका लागि तेस्रो नगरसभाबाट चालू खर्च र पूँजीगत खर्चतर्फ रु एक अर्ब १२ करोड २४ लाख ३४ हजार विनियोजन गरिएकामा सोमध्ये चालू खर्चतर्फ रु ६४ करोड ७५ लाख १४ हजार अनुमान गरिएकामा माघ २५ गतेसम्म रु ३७ करोड २० लाख ६६ हजार यथार्थ आय हुन आएको छ । पूँजीगत खर्चतर्फ रु ४७ करोड ४९ लाख १९ हजार विनियोजन गरिएकामा माघ २५ गतेसम्म रु १० करोड ७९ लाख ५६ हजार खर्च भएको छ । चालू खर्च र पूँजीगत खर्चसमेत गरी कूल रु ४८ करोड २२ हजार यथार्थ खर्च हुन आएको छ ।

चालू आवको हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालू खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा रु पाँच करोड ७६ लाख २४ हजार थप व्यय गर्ने गरी कूल चालू खर्च रु ७० करोड ५१ लाख ३८ हजारको अनुमान गरिएको छ । पूँजीगत खर्चतर्फ विभिन्न शीर्षकमा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु दुई करोड दुई लाख २७ हजार थप गर्ने गरी कूल व्यय अनुमान रु ४९ करोड ५१ लाख ४६ हजारको संशोधित विनियोजन कायम गरिएको छ ।

पाँच विधेयक प्रस्तुत

मङ्गलबारसम्म सञ्चालन हुने नगरसभामा आज पाँच विधेयक प्रस्तुत भएका छन् । सभामा संशोधित आर्थिक विधेयक/विनियोजन विधेयक, शिक्षा विधेयक २०७५, स्थानीय तहको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक, संशोधित फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन २०७५ को संशोधन प्रस्ताव र सहकारी ऐन २०७५ को संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।

वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठले फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन २०७४ माथि संशोधन प्रस्ताव, सामाजिक विकास समितिका संयोजक काजीमान श्रेष्ठले शिक्षा विधेयक २०७५, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक विश्वराज न्यौपानेले व्यास नगरपालिकाको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक २०७५, आर्थिक विकास समितिका संयोजक काशीराम श्रेष्ठले आर्थिक ऐन २०७५ माथि संशोधन प्रस्ताव, विनियोजन ऐन २०७५ माथि संशोधन प्रस्ताव र सहकारी ऐन २०७४ माथि संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । । प्रस्तुत भएका विधेयकमाथि मङ्गलबार नगरसभामा छलफल हुने र सभाले पारित गर्ने नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।