२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध

अ+ अ-

जाजरकोट । रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति गरेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

चार दिनदेखि अवरुद्ध टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ । दुइ हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङ्ले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको टेलिफोन सेवा पूर्ण अवरुद्ध भएपछि यहाँका सेवाग्राही मर्कामा परेका हुन् ।

मछाइनमाको टावरले रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको थियो । रिपिटर टावरको चट्याङले त्यहाँ रहेको सोलार ब्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए । नेपालगञ्जबाट प्राविधिक टोली काममा खटिए पनि टावर निर्माणको काम सफल नभएको उनले बताए।

टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भरपर्नुपर्ने बाध्यता रहेको छ