२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

अ+ अ-

भद्रपुर । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् ।

मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिए ।

उनले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई विभाजित गर्ने, साम्प्रदायिक दङ्गा फैलाउने शक्ति यो प्रदेशमा र जिल्लामा रहेको जानकारी दिँदै त्यस्ता तत्वलाई नियन्त्रण गर्न सुरक्षा निकायले विशेष योजना बनाउन जरुरी रहेको बताए ।

गृहमन्त्रीले जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा आफ्नो दायित्वलाई महत्वपूर्ण ढङ्गले निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिए । पछिल्लो समय झापामा चोरी तस्करी बढिरहेको बताउँदै उनले त्यसलाई नियन्त्रण गर्न थप सुरक्षा नीति अपनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले विकास र समृद्धिको दिशामा देश अघि बढिरहेको उल्लेख गर्दै यसका निम्ति सुशासन र शान्तिलाई अझ सुदृढ र व्यवस्थित गर्नुपर्ने बताए ।

मन्त्री थापाले भ्रष्टाचार नियन्त्रणमा सरकार कटिबद्ध भएको बताउँदै भने, ‘प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने मूल मन्त्र छ यो विषयमा सबैले ध्यान दिऔँ ।’ उनले प्रमको अभियानलाई सफल पार्न आन्तरिक प्रशासनले विशेष ध्यान दिएर लाग्नुपर्ने बताए । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति सरकारले लिएको बताउँदै जिल्लामा भ्रष्टाचार उन्मूलन गर्न विशेष ध्यान दिएर काम गर्न आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले झापाको शान्ति सुरक्षाको अवस्था र प्रशासनले वर्षभरि गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।