२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती

अ+ अ-

जुम्ला । विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ ।

चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा पनि देखिन छोडेका छन् ।

हाब्रे नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी गाउँपालिकामा हाब्रे संरक्षणका लागि अभियानका रुपमा काम गर्दै आएको छ । एक सय ५० सामुदायिक वनसँग समन्वय गरी हाब्रेको संरक्षण गर्नुका साथै चोरी सिकारीलाई न्यूनीकरण गर्ने कार्य गरेको हो ।

सरकारले हाब्रे संरक्षणका लागि छुट्टै नीति बनाए तापनि अन्य जनावर जस्तै, हाब्रेलाई प्राथामिकता नदिँदा सङ्कटमा परेको अनुसन्धानले देखाएको हाब्रे नेटवर्क अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताए ।

उनले हाल नेपालमा ५०० मात्रै हाब्रे छन् भने ४३ प्रतिशत हाब्रेको बासस्थान कर्णालीमा रहेको अनुसन्धानले देखाएको बताए । अनुसन्धान अनुसार जुम्लाका गिडिखोला, देपालगाउँ, ताम्ती, पातारासी, रिया, लगायतका क्षेत्रमा आवश्यक बासस्थान उपयुक्त रहेको अर्का अनुसन्धानकर्ता प्रगति शाहीले बताए ।

वन्यजन्तुको चोरी सिकारी पछिल्लो समय बढ्दै गएको तर दण्ड सजाय नहुनु प्रमुख समस्याका रुपमा देखिएको छ । मानवीय आवश्यकता परिपूर्ति गर्नका लागि वनजङ्गल विनाश भए तापनि चोरी सिकारी नै प्रमुख समस्याका रुपमा देखिएको अनुसन्धानकर्ताको भनाइ छ ।

नेपालका २४ वटा जिल्लामा मात्र हाब्रे पाइन्छन् । वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरणका लागि पत्रकार, नेपाल प्रहरी, स्थानीय सरकारले विशेष गरी अभियान चाल्नुपर्नेमा आवश्यकता देखिएको छ ।

हाब्रे संरक्षणका लागि वैज्ञानिक वन व्यवस्थापनलाई अघि बढाउनुपर्ने डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत निरोज झाले बर्ताए । अझै पनि अधिंकाशमा चेतनाको कमी छ । हाब्रे मार्दा केही हुँदैन भन्ने सोच पनि छ ।

वन्यजन्तुको संरक्षणका लागि सबै जिम्मेवार बनाउन विशेष अभियान आवश्यक रहेको उनको भनाइ छ । हाब्रेको चोरी सिकारीमा संग्लनलाई एकदेखि १० वर्ष कैद र एक देखि पाँच लाख सम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।