२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाँजा सङ्कलक ८ जना पक्राउ

अ+ अ-

सिन्धुली । गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिकाका करिब ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

केही दिनअघि क्यानेश्वर आएर गाँजा प्रशोधनका लागि गाँजा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ३३८ बोट गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा लगाइएको अवैध गाँजा प्रहरीले केही समयअघि फडानी गरेका गाँजा सङ्कलन गर्न उनीहरुको टोली यहाँ आएको उनको भनाइ छ ।

प्रहरीले गाँजा फडानीपछि नष्ट गर्नुपर्ने केही गरियो, हरियो भएकाले पूरै नष्ट गर्न सकेका थिएनन्, नष्ट हुन नपाएका गाँजा खोजी गर्दै उनीहरुले सङ्कलन गरेको पाइयो प्रहरी नायब उपरीक्षक थापाले भने ।

गाँजा सङ्कलनका विषयमा आवश्यक अनुसन्धान जारी रहेको र पक्राउ परेका सबै विरुद्ध मुद्दा चलाइने उनको भनाइ छ ।

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको अवैध गाँजा फँडानी गर्न प्रहरीले मङ्सिर १ गतेदेखि अभियान नै चलाएको थियो । अभियानका क्रममा १२१ बिगाहाको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।