२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा ओखर बगैँचाका लागि ६ हजार बिरुवा वितरण

अ+ अ-

बैतडी । जिल्लामा ओखर बगैँचा स्थापनाका लागि ६ हजार बिरुवा वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ । एक किसानलाई एकसय बोटका दरले अनुदानमा ती विरुवा वितरण गरिएको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

सबैभन्दा बढी सिगास गाउँपालिकाका विभिन्न वडा, पाटन नगरपालिको सिद्धेश्वर र सिद्धपुर, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमार सुर्नया गाउँपालिकामा ती बिरुवा वितरण गरिएको थियोे ।

ओखर उत्पादनका लागि उपयुक्त यस जिल्लाको वातावरण उपयक्त भएको र ओखरखेती आम्दानीको स्रोत बन्नसक्ने भएकाले यसबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती बिरुवा वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाको भनाइ थियो ।

यस जिल्लाको ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफल जमीनमा ओखरको बगैँचा स्थापना गर्न लागिएको हो ।

ओखरका बिरुवा किसानलाई ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइएको उक्त केन्द्रले जनाएको छ ।

बजारमा ओखर प्रतिकेजी रु ६०० देखि रु ८०० मा बिक्री हुन्छ । केहीवर्ष यतादेखि सतबाँझमा स्याउ फल्न छाडेकाले त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ ।