२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुनकोशीमा तस्करीको दादागिरी, मिलोमत्तोमा लुटालुट

अ+ अ-

काभ्रेपलाञ्चोक ।  गाउँपालिकाको अध्यक्षसँग मिलेर तस्करहरुले १ करोड ५० लाखमा टेण्डर गरेको वालुवा उत्खनलाई सेटिङ मिलाएर ४० प्रतिशत कम गरिएको खुलासा भएको छ ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं.२ र ३ को सुनकोशीको बगरमा वालुवा उत्खनन्मा करोडौंको घोटाला भएको खुलासा भएको हो ।

प्राप्त समाचार अनुशार वालुवा तस्करको गिरोहले तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह लामासँग मिलेर संझौता विपरित वालुवा उत्खनन मात्र गरेन् संझौता विपरित ४० प्रतिशत रकम समेत कम गरेर मिलोमत्तोमा राजश्व घोटाला गरेका हुन् ।

तेमाल गाउँपालिकाको चुखावेशी र च्युरीआँप बगरमा गुण्डा नाइके तथा काठमाडौंको ठमेल र वालुवाटार क्षेत्रमा छोटे डन भनेरचिनिएका सत्यमान लामाले आफ्नै मामा पर्ने गाउँपालिका अध्यक्ष लामालाई प्रभावमा पारेर बस्ती, विद्यालय र स्वास्थ्यचौकी समेतलाई असर पारेर स्काभेटर प्रयोग गरी वालुवा उत्खनन् मात्र गरेनन् राजश्व समेत छली गरेको पाइएको हो ।

दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रा.लि.का निमित्त सञ्चालक सत्यमान लामाले सम्झौता विपरित वालुवा उत्खनन् गरेकोभन्दै स्थानियहरुले प्लेकार्ड सहित विरोध गर्दै कानून विपरित गरिएको घोटाला र मापदण्ड विपरितको उत्खनन्को विरोध गरेसँगै करोडौको घोटाला बाहिर आएको हो ।

सम्झौतामा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र खन्न पाउने सम्झौता भएपनि लामाले राती ११ देखि १२ बजेसम्म स्काभेटर र टिपर चलाएर नदीको दोहन गरेको स्थानीयले बताए । त्यसोत १ करोड ५० लाखको टेण्डरमा लामाले ८३ लाखमै कागज मिलाएको स्थानियहरुको आरोप छ ।

एकातिर कर छल्ने र अर्को तिर मापदण्ड मिच्ने गरेका लामालाई सांसद सहित स्थानिय केही नेताको आर्शिवाद पाएकोले उदण्डता मचाएको स्थानियहरुले बताए । नेकपालाई आफ्नो पार्टी भन्ने र काँग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका लामालाई मामा भन्दै उनले रातदिन शुनकोशी दोहन गरेको भन्दै स्थानियहरु आन्दोलित भएका हुन् ।

आन्दोन सुरु गरेका स्थानियहरुलाई आफ्नो विरोध गरेको भन्दै ठेगेदार लामाले धम्की दिएसँगै स्थानियहरुले टिफर तथा जेसिवीलाई शुनकोशी नदीमाथि रोक लगाएका छन् । स्थानियहरुको विरोध र रोकपछि व्यवसायी सत्यमानले बनेपामा पत्रकार सम्मेलन गरी भ्रम फैलाउन खोजेको भन्दै स्थानियहरुले नदी किनारामै स्थानीयले गुण्डागर्दी बन्द गर्न र सरकारी सम्पतीको दोहनको अन्त्यको माग गर्दै प्रदशन गरेका छन् ।

व्यवसायी सत्यमान लामाले स्थानीयलाई नेता, पुलिस र प्रमुख जिल्ला अधिकारी समेत किनिसकेको छु भन्दै धम्काउन थालेको आरोप छ । तिमीहरुले केहि गर्न सक्दैनौ सके रोक भनेर धम्कि दिए स्थानीय चन्द्र लामाले भने ।

लामाले सांसद गंगाबहादुर दोङलाई आफुले गाडी किनिदिएको बताउँँदै कसैले केही गर्न नसक्ने धम्कि दिएको बताए । सांसद नविना लामाको निकट मानिएका सत्यमान लामाले पछिल्लो समय कमाइ खान त नेपाली काँग्रेस नै ठिक भन्दै हिँड्ने गरेको स्थानीय बताउँछन् ।

उनले भने ‘म गंगा बहादुर दोङ (बमध्वज) लाई संघीय सभासद विजयी गराउन उनको भन्दा मेरो गर्दन माथी राखेर हिँडेको हुँ । तर उनी आफैं साझेदार भएर यस्तो हर्कत गर्दै हिँडे । अब हाम्रो गाउँले उनलाई कुनैपनि हालतमा सहयोग गर्ने छैन ।’ स्थानीयका अनुसार लामाले मंगलबार राती १० बजे प्रहरी समेत ल्याएर स्थानीयलाई धम्क दिएका थिए ।

धम्कपिछि गाउँलेलाई तर्साउन लामाले बुधबार पत्रकार सम्मेलन गरी आफूलाई वालुवा उत्खनन् गर्न नदिएको बिलौना गरेक थिए । स्थानीयले अबैधानिक कार्य नियन्त्रण नगरेसम्म उत्खनन् गर्न नदिने बताउँदै आएका छन् । लामाले काम रोक गर्नेलाई ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।

डनहरुको कागताली राजनीति र व्यवसायीक साझेदारको खुलासा

दुवाकोट कन्स्ट्रक्शन एवं सालीनदी निर्माण सेवा प्रा.लि.का सञ्चालकहरूमा गुण्डा नाईके सत्यमान लामा, अर्का डन विष्णु लामा र स्थानीय केही जनप्रतिनिधिहरू समेत रहेको स्थानीयले बताए ।
सत्यमान लामा फरार रहेका गुण्डा नाईके दावा लामाका सहयोगी हुन् ।

दावाले पछिल्लो समय भारतको सिक्कम र दुवईमा बसेर नेपालमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको माचार बाहिरी सकेको छ भने लामाले बुद्यचित्त मालाको तस्करी र डलर कारोबार गर्ने गरेको आरोप छ । पटक पटक गुण्डागर्दी र धम्की दिएको काण्डमा जेल परेसँगै सांसद नविना लामाको निगाहमा छुट्दै आएपछि पछिल्लो समय लामा नेपाली काँग्रेसका नेता समेत मानिएका विष्णु लामासँग साझेदारीमा गाउँपालिका अध्यक्षको सहयोगमा सुनकोशी नदीमा बालुवा उत्खनन् गर्दै आएका छन् ।

सत्यमान अघिल्लो बर्ष दिनभर एमालेका गाउँपालिकका उम्मेदवार प्रदिप लामालाई जिताउन भन्दै हिड्ने र साँझ परेसँगै इन्द्रेणी फुड ल्याण्डमा गुण्डा नाइके दावा लामासँग काग्रेंसका उम्मेदवारलाई जिताउन मिटिङ बसेको भिडियो समेत सार्वजनिक भएको छ ।

लामाले डन गणेश लामाले किनेको मालालाई समेत प्रहरी प्रशासनको मिलोमत्तोमा लुटेर लगेका थिए । काभ्रेको तिमाल क्षेत्रमा महंगो पर्ने वुद्घचित्तमा आँखा गाड्दै लुटत्रन्त्र र आंतक मचाउँदै आएका लामाले पछिल्लो समय वालुवाखानीमा समेत आँखा गाडेर आतंक मचाउँदै आइरहेका छन् ।