१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिउने पानीसँगै फेरियो शिद्धेश्वर बासिन्दाको जीवन शैली

अ+ अ-

भोजपुर । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् ।

पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी खोज्न जाने समय तरकारी खेतीमा लगाएका छन् । विगत वर्षमा आफूलाई खानका लागिसमेत तरकारी उत्पादन गर्न नसक्ने स्थानीयवासीले अहिले तरकारी बचेरै मनग्गे आम्दानी गर्न पाएकामा निकै खुशी छन् ।

स्थानीय दानबहादुर खड्काले भने,’विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरिका कुँवा, धारा धाउँदैमा एकजनाको दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुशी लागेको छ, अहिले खेरगइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरिरहेका छौ ।’

तत्कालीन जिल्ला विकास समिति र शहरी विकास मन्त्रालयको सहयोगमा तीन वर्षको प्रयासपछि खानेपानीे योजनाको काम सम्पन्न भएकाले स्थानीयवासीको समस्या टरेको हो । अहिले स्यालखेत खानेपानी मुहान र गाठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानीयवासीलाई वितरण गरिएको छ । दुईवटा खानेपानी आयोजनाका लागि करीब ५४ लाख खर्च भएको खानेपानी आयोजना निर्माण समितिले जनाएको छ ।

पानीको समस्यामा परेका गाउँका ६० घर बढी घरपरिवारले अहिले पानी उपभोग गर्दै आएका छन् । स्यालखोला उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खड्काले भने, ‘ यहाँ पानीको निकै समस्या थियो तर अहिले दुई खानेपानी आयोजनाको काम सकिएपछि पानीको समस्या हटेको हो । पानी आएपछि अहिले गाउँ नै हराभरा बनेको छ ।’
प्रत्येक घरको करेसाबारीमा लहलह तरकारी देख्न पाइन्छ पानी आएपछि अहिले गाउँका स्थानीयवासीको दैनिकी नै फेरिएको छ ।’उनले भने । स्थानीयवासीले पानीको व्यवस्था गर्नाका लागि श्रमदान पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस