२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरको शुक्लाफाँटामा ६० वटा कृतिम ताल निर्माण

अ+ अ-

भीमदत्तनगर । वन्यजन्तुको पानीको प्यास मेटाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा कृतिम ताल (पोखरी) निर्माण हुदैछन् ।

वन्यजन्तुको वासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षमा ६० वटा कृतिम ताल निर्माण हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

ताल निर्माणका लागि रु १ करोड २० लाख रकम समेत केन्द्रबाट विनियोजन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले जानकारी दिए ।

विभिन्न समयमा गरेर निकुञ्जको शुक्लाफाँट, अर्जुनी क्षेत्र, पिपरिया, सिंहपुरलगायतका क्षेत्रमा हालसम्म ३४ वटा ताल निर्माण भइसकेका छन् ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा रहेका रानी ताल, बाबा ताल, बठनीयालगायतका प्राकृतिक ताल संरक्षण हुनसकेका छैनन् ।

सरसफाइको अभावले तालमा जलकुम्भीलगायतले पुरिँदै गएका छन् । ‘वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर ठाउँ/ठाउँमा पोखरी बनाउन लागिएको हो ।’ प्रमुख संरक्षण अधिकृत पौड्यालले भने,’चालु वर्षभित्र रहेका प्राकृतिक ताल पनि सरसफाइ गर्ने योजना छ ।’

उनले निकुञ्जभित्रको रानीताल सरसफाइका लागि रु २० लाख बजेट आएको जानकारी दिए ।‘ताल सरसफाइका लागि ठेक्का प्रक्रिया समेत भइसक्यो ।’ उनले भने,’वन्यजन्तु अवलोकनका लागि तीन वटा स्थानमा भ्यूटावर बन्दैछन ।’

शुक्लाफाँटामा १७ वटा गैँडा, १६ वटा पाटे बाघ, दुई हजार ३०० को हाराहरीमा बाहसिङ्गा र सयौं प्रजातीका सङ्ख्यामा चराचुरुङ्गी रहेका छन् ।