८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

अ+ अ-

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को ८ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो ।

केन्द्रका प्रमुख शिव गोशलीले अनधिकृत बिजुली प्रयोग गर्ने ग्राहकबाट कारवाहीस्वरुप रु तीन लाख ४७ हजार १४९ असुल गरिएको जानकारी दिए ।

उनका अनुसार विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका मिटर परिवर्तन गर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ कार्य गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने तथा ट्रान्सफर्मर थप्ने, तार थप्ने, नयाँ लाइन विस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले फेर्ने कार्य भइरहेको छ ।

केन्द्रले चालू आर्थिक वर्षमा २७४ मिटर परिवर्तन गरेको छ भने ७०० ग्राहकको मिटर रिसिलिङ तथा करीब एक हजार ग्राहकको मिटर छड्के निरीक्षण गरेको गोशलीले बताए ।

ठूला औद्योगिकलगायत ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा करीब रु ३९ लाख २० हजार ३९२ बराबरको छुट युनिट रकम बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५९६ बराबरको छुट युनिट रकम स्वीकृत भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुली भइरहेको छ ।

गोशलीका अनुसार केन्द्रले विद्युत् चुहावट घटाउन उल्लेख्य सफलता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७४ साउनमा २४.८८ प्रतिशत विद्युत् चुहावट रहेकामा २०७५ माघसम्म ७.०४ प्रतिशत कायम राख्न वितरण केन्द्र सफल भएको गोशलीले बताए।

आर्थिक वर्ष २०७४र७५ को समग्र विद्युत् चुहावट १६.६७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको माघसम्म विद्युत् चुहावट ९।१३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ । गोशलीका अनुसार विद्युत् चुहावटमा नियन्त्रण कडाई गरिएको कारण विद्युत् चुहावट घटेको हो । ठूला ग्राहकको मिटर नियमित निरीक्षण, डाटा डाउनलोड, डाटा एनलाइसिस गर्ने, बन्द मिटर फेर्ने, सामुदायिक थोक मिटरमा एचटी मिटर राखिएका कारण विद्युत् चुहावट घटाउन सहज भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस