१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिपल्ला बजारमा पुनः सौर्यबत्ती

अ+ अ-

डोटी । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा जडान गरिएको सौर्यबत्तीले बजारवासीलाई सहज गराएको छ । यसअघि रकम भुक्तानी नदिएको भन्दै जडान गरिएका सौर्यबत्ती ठेकेदारले केही महीना पहिले निकालेर लगेकाले बजार अन्धकार भएको थियो ।

बाँकी रकम दिने सम्झौता भएपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरेको हो । सम्झौता अनुसारको रकम नदिएको भन्दै जडान गरिएका सौर्यबत्ती ठेकेदारले गएको फागुन २५मा उखेलेर लगेको थियो ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङ सन्, उद्योग वाणिज्य संघका पदाधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल र पत्रकारसहितको बैठकले गरेको निर्णयानुसार ठेकेदार कम्पनीलाई बाँकी रकम उपलब्ध गराउने निर्णय गरेपछि निकालिएका सौर्यबत्ती अहिले आएर पुनः जोडिएको हो ।

सौर्यबत्ती जडान गर्ने कम्पनीको मर्का, बत्तीमा ह्रासकट्टी र काममा ढिलाइ गरेकामा जरिवाना काटेर भुक्तानी दिन निमित्त प्रमुख जिल्ला अधिकारी पौड्यालको आग्रहमा भएको सहमतिबमोजिम पुनः बजारमा बत्ती जडान गरिएको ठेकेदार वेदप्रकाश कठायतले बताए ।

सहमतिबमोजिम सात दिनभित्रमा सबै सौर्यबत्ती बलेको हुनुपर्ने र उक्त अवधिमा नगरपालिकाका प्राविधिकले स्थलगत प्रतिवेदन बुझाएपछि नगरपालिकाले आगामी नगरसभाबाट बजेट पारित गरी भुक्तानी दिनुपर्ने सहमति भएको थियो ।

सम्झौता अनुसार कूल रु ३२ लाख ७२ हजार ९२५ मध्ये रु २३ लाख दुई हजार ५०० भुक्तानी लिइसकेको र जिल्लास्थित उद्योग वाणिज्य संघले व्यहोर्नुपर्ने रकम रु चार लाख ९० हजार ९३८ घटाउँदा रु ४ लाख ७९ हजार ४८६ भुक्तानी दिन बाँकी देखिन्छ ।

सडकबत्ती जडान कार्यक्रम सञ्चालनका क्रममा प्रक्रिया नपुगेर भुक्तानी हुन नसकेको नगर प्रमुख मञ्जु मलासीले बताए ।

बजारमा जडान गरेका ३०सौर्यबत्तीमध्ये सातवटा हटाइएको थियो । जडान गरिएका सौर्यबत्ती हटाएपछि सात दिनसम्म पिपल्ला बजार अन्धकार भएको थियो । बजारमा पुन : सौर्यबत्ती जडान हुन थालेपछि यहाँका बासिन्दा खुशी भएका छन् ।