२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा लठ्ठी पुज्ने पर्व

अ+ अ-

डोटी । बैशाख १ गते वर्षको पहिलो दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बिसु पर्वको नाममा प्रचलित भएपनि डोटीका केही स्थानहरुमा भने लठ्ठी पुज्ने पर्वको रुपमा मनाउने गरिन्छ ।

बिसु पर्वको नामले प्रचलित आजको दिनलाई जिल्लाका केही स्थानहरुमा लठ्ठी पुज्ने पर्वको रुपमा मनाईन्छ । लठ्ठी पुज्ने पर्व विशेष गरि विष्णु भगवानको अबतारको रुपमा पुज्ने गरिन्छ ।

आजको दिनमा प्रत्येकले आफ्नो घरमा लठ्ठीलाई सिगार पटार गरि टोल नजिक देवी देवताका थान भएका स्थाहरुमा लगि सामुहीक रुपमा पुजा गरिन्छ । पुजामा सहभागि भएका ५ जना बालवालिकाहरुलाई सिगार पटार गरि ३ जनालाई बाध र २ जनालाई स्यालको भुमिकामा राखी एक आपसमा अभिनय गर्न लगाईने चलन रहेको दिपायल सिलगढी नगरपालिका वडा ६ का समाजसेवी स्थानीयबासी नारद मलासी बताउछन् ।

उनका अनुसार वर्षको पहिलो दिन यसरी प्रत्येक घरबाट लठ्ठी लिई सामुहीक रुपमा पुजाआजा गर्दा वर्ष भरि रोगब्याध नलाग्ने, खेती पानी राम्रो हुने, गाई गोरु पशु पशीलाई पनि राम्रो हुने, व्यापार व्यावसाय र सोचेको सबै काम सफल हुने किबदन्ती रहेको बताए ।

लठ्ठीको सामुहीक पुजा गरेपश्चात मेलामा सहभागिहरुलाई भिजाएको चामलको दानाले हिकाउर्ने , लठ्ठी वितरण गर्ने सहभागिहरुले त्यसलाई विष्णु भगवानको प्रसादको रुपमा ग्रहण गरी घरमा लैजाने चलन रहेको समेत मलासीले बताए ।

लठ्ठी पुज्ने पर्व विशेष गरी डोटी जिल्लाकोको क्षेत्र नम्बर १ मा बढी मनाउने प्रचलन रहेको पाईन्छ ।  त्यसै गर सुदुरका सात पहाडी जिल्लाहरु डोटी डडेलधुरा,बैतडी, अछाम, बझाङ, दाचुर्ला र बाजुरामा यो पर्वलाई एक आपसमा सिस्नु छ्याप्ने तरिकाले साझा विशेषताको रुपमा मनाउने गरिन्छ । विशेष गरि देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजु, साथी संगिहरु एकापसमा सिस्नुपानी छ्याप्ने गर्छन् ।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने एक आपसमा सुख दुखका कुरा गर्ने, आफन्त घरपरिवारमा भेटघाट गर्ने गरिन्छ ।

पुरानो किबदन्ती अनुसार हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयाली स्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ ।

सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको पाइन्छ । पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने काम बाहेकका अन्य कार्य विस्तारै कम हुन थालेका छन् ।