२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पसँगको वार्ता विफल, उत्तर कोरियाका ५ अधिकारीलाई मृत्युदण्ड

अ+ अ-

एजेन्सी । यही वर्ष फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकृतलाई मृत्युदण्डको सजाय दिएका छन्। दक्षिण कोरियाको एक पत्रिका चोसन इल्बोले हालै यस्तो खुलासा गरेको हो।

रिपोर्टअनुसार ती अधिकारीलाई फायरिङ स्क्वाडको अगाडि राखेर गोलीले उडाइएको हो । मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित विशेष प्रतिनिधि पनि सामेल छन्।

रिपोर्टका अनुसार ट्रम्पसँगको बैठक तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोलले धोका दिएकोमा दोषी ठहर गरिएको हो।

भियतनाममा भएको दुई नेताको बैठकपछि चोल किमसँगै थिए। उनलाई एउटा एयरपोर्टमा विदेश मन्त्रालयका चार वरिष्ठ अधिकारीसँगै गोली हानेर मारिएको हो। पत्रिकाले मारिएका अन्य अधिकृतको नाम खुलाएको छैन।

किमले यसअघि पनि सरकारका कयौँ अधिकारीलाई मारिसकेका छन्। उनले आफ्ना काका तथा राजनीतिक गुरु भनिने जाङ्ग सान्ग थाएकलाई देशद्रोह र भ्रष्टाचारको मामिलामा गोली उडाइदिएका छन्।

त्यसपछि किमले थाएककी पत्नीलाई पनि विष दिएर मारेका थिए। उनले आफ्ना पब्लिक सेक्युरिटी मन्त्री ओ सेन्ड(होनलाई पनि तोपले उडाएका थिए।

कोरियाली प्रायद्वीपको एकीकरणका लागि काम गरिरहेको दक्षिण कोरियाको युनिफिकेसन मिनिस्ट्रीले यस मामिलामा केही बोल्न अस्वीकार गरेको छ।

समाचारअनुसार किम जोङ्ग उनले आफ्नी भाषा अनुवादक शिन ह्ये योङ्गलाई पनि बैठकमा गल्ती गरेको भन्दै जेलमा हालिदिएका छन्। ट्रम्पसँगको भेटवार्ताका क्रममा किम जब नतिजाविहीन भन्दै जान लागेका थिए तब उनले अनुवाद गर्न असफल भएकी थिइन्।

ट्रम्प र किम जोङ्ग उनबीच यसै वर्ष फेब्रुअरीमा भियतनामको हनोईमा वार्ता भएको थियो। दुवैबीच दुई दिनमा दुई पटक वार्ता भयो। तर दुवैबीच कुनै सम्झौता हुनसकेन। व्हाइट हाउसले पनि कुनै सम्झौता नभएको पुष्टि गरेको छ। त्यसपछि यो वार्ता असफल भएको बताइएको थियो।