९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दिनदेखि दार्चुला अन्धकारमा

अ+ अ-

दार्चुला । विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ ।

चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो ।

गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । नेपालको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको दुई दिनसम्म मर्मत गर्न नसक्दा पूरै जिल्ला अन्धकारमा छ । भारतबाट आयात गरिएको ८०० किलोवाट विद्युत् कटौती गरिएपछि जिल्लावासी झन् समस्यामा परेको हो ।

प्राधिकरणका कर्मचारी मीनराज पन्तका अनुसार विद्युत् सुचारु गर्न कर्मचारी पठाइएको भए पनि सामान टुटफुट हुँदा अझै समय लाग्ने बताए ।

शैल्यशिखर नगरपालिकाको वडा नं ६ ग्वानीमा विद्युत्को फल्ट पत्ता लागेको छ । अन्य क्षेत्रमा कस्तो छ भन्ने त्यस क्षेत्रमा लाइन चार्ज गरे मात्रै थाहा हुन्छ, उनले भन्नुभयो । बजारमा बत्ती नहुँदा स्थानीयवासी भने भारतीय बजारमा गएर मोबाइल चार्ज गर्न जान थालेका छन् । धारचुलाका चिनेका आफन्त र व्यापारीकहाँ गएर मोबाइल चार्ज गर्नुपरेको खलङ्गाका स्थानीयवासी मङ्गलसिंह ह्याकीले बताए ।

शनिबार पानी परेर गर्मीको अनुभव भएन । आज पनि बत्ती आएन भने त यस्तो गर्मीमा कसरी बस्ने । बत्ती नहुँदा अस्पतालका बिरामीसमेत मार्कामा छन् ।

जिल्लाका सञ्चारमाध्यम रातिको समयमा बन्द हुने गरेका छन् । विद्युत्बाट चल्ने बजारका पसलको कामकाज ठप्प छ । स्थानीय व्यापारी राजेन्द्र बडुले भने “ विद्युत् आपूर्ति बन्द हुँदा पत्रपत्रिका दुई दिनदेखि छापिएको छैन । मेसिन चलाउने बत्ती नहुँदा फ्ल्याक्स प्रिन्ट, अपसेट, फोटोकपी मेसिन, फोटो स्टुडियोको काम समेत प्रभावित भएको छ ।”

प्रतिक्रिया दिनुहोस