काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि विभिन्न चार मुलुकका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
ग्वाटेमालाका राजदूत गोइभानी रेने कास्टिलो पोनान्को, बेल्जियमका फ्रान्सिस डेल्धुये, इरानका अली चेगेनी र अजरबैजानका अस्ररफ शिखालियभले आ–आफ्नो प्रमाणपत्र पेश गरेका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।







