गौर । सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई निलम्बन गरिएको छ ।
शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते कामकाजका लागि खटाइएका कार्की पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेकोले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निलम्बन गरेको हो ।
उनीबारे मन्त्रालयमा विभिन्न उजुरीसमेत परेको जनाएको छ ।
निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्याद पनि गुजारेको कारण देखाउँदै निजामती सेवा ऐन, २०४९ को दफा ६४(१) बमोजिम सो अभियोगको जाँच बुझ गर्ने प्रयोजनका लागि दफा ६४ (३) बमोजिम २ महिनाका लागि निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाद्वारा जेठ २४ गतेको हस्ताक्षरित पत्रमा उल्लेख छ ।







