२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोट खलङ्गामा खानेपानी अभाव, निर्माणाधिन आयोजना पूरा भएन

अ+ अ-

जाजरकोट । यहाँको सदरमुकाम खलङ्गामा पिउनेपानीको हाहाकार छ । गर्मीयाममा पानीका मुहान सुक्ने, सदरमुकाम आसपासमा रहेका पानीका मुहानको मर्मतसम्भार तथा संरक्षणको अभावले सदरमुकाम खलङ्गामा खानेपानीको हाहाकार भएको हो ।

जाजरकोटी राजा जङ्गबहादुर शाहका कान्छा छोेरा हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको अनुरोधमा विसं १९८४ मा निर्माण गरिएको बुदबुदी–खलङ्गा खानेपानी आयोजनाको भरमा सदरमुकाम खलङ्गा रहँदै आएको थियो । निरन्तर जनसङ्ख्या वृद्धि भएपछि यहाँ पिउनेपानीको कमी भई मौजुदा स्रोतले धान्न नसकेको हो । खलङ्गाका होटल, विद्यालय अस्पताल, सरकारी कार्यालय र निजी डेरा गरी बस्ने नागरिकले खानेपानीको समस्या झेल्नुपर्ने अवस्था रहेको नागरिक अगुवा केशवजङ्ग शाहले बताए ।

खानेपानी अभावले जिल्ला सदरमुकाम खलङ्गाभित्र सञ्चालनमा रहेका होटल व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवसायी वीरबहादुर खड्काले बताए । खलङ्गा बजारभित्र दुई दर्जनभन्दा बढी होटल व्यवसायी रहेको बताउँदै खड्काले बुदबुदी खानेपानी आयोजनाको विकल्पको खोजी गर्नुपर्ने बताए ।

बालकुमारी शाहको विवाह विसं १९६५ मा श्री ३ चन्द्रशम्शेर राणासँग भएको थियो । विसं १९८४ मा बुदबुदी–खलङ्गा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएपछि खलङ्गामा चौबिसै घण्टा आउने १० वटा कलधारा सञ्चालनमा ल्याइएको थियो । त्यतिबेला निर्माण गरिएका सदरमुकामका कतिपय धारा हटाइएको भए तापनि बुदबुदी क्षेत्रमा निर्माण गरिएका खानेपानीका ट्याङ्कीको मर्मतसम्भार तथा संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि खानेपानीको अभाव हुन थालेको हो ।

सदरमुकाम खलङ्गाभित्र खानेपानी अभावको समस्या समाधान गर्न २०७४ साल असारदेखि निर्माणकार्य शुरु गरिएको खलङ्गा सहलगानी खानेपानी आयोजना निर्धारित समयमा बन्न नसक्ने भएको छ । पोखरादेखि खलङ्गासम्म १८ किलोमिटर लम्बाइ रहेको खलङ्गा सहलगानी खानेपानी आयोजना निर्माण कार्यको जिम्मा लुम्बिनी, केशव शाह जेभी नौबस्ता बाँकेले लिएको सङ्घीय खानेपानी आयोजना कार्यालय, सुर्खेतका प्रमुख पूर्णबहादुर ज्वारचनले बताए ।

सहलगानी खानेपानी आयोजना निर्माणका लागि रु १२ करोड ३० लाख रकममा सम्झौता गरेको लुम्बिनी, केशव शाह जेभीले हालसम्म ६० प्रतिशत काम सम्पन्न गरेको कार्यालय प्रमुख ज्वारचनले बताउनुभयो । यहाँका अनुसार १८ किलोमिटर पाइपलाइनको काम सम्पन्न भएको छ, पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । तीन सय घनमिटर तीन लाख लिटर क्षमता भएको ट्याङ्की निर्माण भएको छ । खानेपानी आयोजनाको इकाइ कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।

वि।सं २०७६ असार २५ गतेभित्र काम सम्पन्न गरिसक्ने भनेर सम्झौता–पत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनीले क्रमश ९०, ८० र ३० घनामिटरका तीन वटा ट्याङ्की निर्माण, मुख्य तथा वितरण पाइपलाइन र धारा निर्माणको पूरै काम गर्न बाँकी रहेको बताइको छ ।

९९७ घरधुरी समेटिएको उक्त सहलगानी खानेपानी आयोजनामा उपभोक्तले गर्नुपर्ने २२ प्रतिशत श्रमदानको काम पूरै बाँकी रहेको बताउँदै खलङ्गा सहलगानी खानेपानी आयोजनाका अध्यक्ष वसन्तप्रसाद शर्माले आयोजनाको कूल रकमको तीन प्रतिशत रकम उपभोक्ताले समपूरक कोषका रुपमा जम्मा गर्नुपर्ने बताए ।

उक्त आयोजनाका लागि यस वर्ष कर्णाली प्रदेश सरकारबाट आएको ८० लाख अनुदान र भेरी नगरपालिकाले दिएको ३५ लाख अनुदान खर्च हुननसकेको अध्यक्ष शर्माले जानकारी दिए । उपभोक्ताका तर्फबाट निर्माण गर्नुपर्ने १२० घनामिटरको एक र अर्को १७० घनामिटरको दुईवटा ट्याङ्की निर्माण गर्ने स्थलका बारेमा उपभोक्ताबीच कुरा मिल्न नसकेपछि प्रदेश र नगरपालिकाबाट प्राप्त अनुदानलाई खर्च गर्न नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष शर्माले बताए ।

निर्माण कार्य ढिलाइ हुनुमा आयोजनाको ‘सर्वे डिजाइन’ अनुसारको बोलपत्र डिजाइन हुन नसक्नु, आयोजना सर्वे गर्दा रिजर्भ ट्याङ्की निर्माणस्थल किटान नगरिनु, कर्मचारी समायोजन–विषयगत कार्यालय परिवर्तन हुनु, उपभोक्ताले गर्नुपर्ने श्रमदान अनुसारको काम नगर्नुलगायतका कारण रहेको कार्यालय प्रमुख ज्वारचनले बताए ।

प्रमुख ज्वारचनका अनुसार खलङ्गा सहलगानी खानेपानी आयोजना पाँच प्रतिशत सवसिडी अनुदान पाएको भए तापनि सुक्खा आयोजनामा पर्न नसक्नुले पनि निर्माण कार्यमा ढिलाइ भएको छ भने निर्माण कार्यको जिम्मा लिएको निर्माण कम्पनीको ढिलाइका कारण पनि आयोजनाले गति लिन सकिरहेको छैन् । रु पाँच करोडभन्दा बढी भुक्तानी लिइसकेको निर्माण कम्पनीले गरेको कार्यप्रगति ६० प्रतिशत मात्र छ ।रासस