१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँमा विद्युत् विस्तार

अ+ अ-

दमौली । हालसम्म पनि विद्युतीकरण नपुगेको तनहुँको व्यास नगरपालिका–१३ स्थित सुढेगाउँमा पहिलोपटक बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत् कार्यक्रमअन्तर्गत सुढेको १३ घरधुरीमा बिजुली बलेको हो ।

बिजुली नपुगेका घरधुरीमा विद्युत् सेवा पुर्‍याइएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । गोशलीका अनुसार १५ केभीएको तारमार्फत विद्युत् विस्तार गरिएको छ । उनले भने, “अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत् विस्तारका लागि रु १५ लाख लगानी भएको छ ।”

व्यास नगरपालिका–१४ को नाल्दीघाटमा मात्रै अब विद्युत् विस्तार गर्न बाँकी छ । गोशलीका अनुसार नाल्दीघाटको २५ घरधुरीमा आगामी आर्थिक वर्षमा विद्युत् विस्तार हुनेछ । उनले भने, “सुढेबाट छ किमी टाढा रहेको गाउँमा विद्युत् विस्तारका लागि पहल भइरहेको छ । आगामी वर्षसम्म उक्त गाउँमा बिजुली बल्नेछ ।” पहिलोपटक बिजुली बल्दा सुढेका स्थानीयवासीमा खुशीयाली छाएको छ ।

तनहुँका १५ प्रतिशत घरधुरीका स्थानीयवासी अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० घरधुरीमा चालू आर्थिक वर्षभित्रै विद्युत् पुर्‍याउने लक्ष्य छ । विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरी लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्‍याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्‍याइने केन्द्रले जनाएको छ ।

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिए ।

विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सवस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पुर्‍याइनेछ ।

केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानलाई तीव्रता दिएको छ भने भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ । जसअनुसार बन्दीपुर गाउँपालिकामा चार ठाउँमा, भानु नगरपालिकामा चार ठाउँमा, व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस