२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं १ मन्त्रिपरिषद् निर्णय

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका जाने भएका छन् । मुख्ममन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई अमेरिका जान स्वीकृत दिएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की जानकारी दिए ।

मुख्यमन्त्री राई यही असार २०, २१ र २२ अमेरिकाको बाल्टिमोरमा हुने ‘नेप्लिज एशोसिएशन इन अमेरिकाको नेशनल कन्फरेन्स’मा प्रमुख अतिथिका रुपमा सहभागी हुने यही असार १६ गते प्रस्थान हुने तथा असार २५ गते फर्कने कार्यक्रम रहेको छ ।

बैठकले प्रदेश सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिरकण विधेयक–२०७६, प्रदेश लोक सेवा आयोग विधेयक–२०७६, प्रदेश जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक–२०७६ र प्रदेश स्वायत्त सङ्घसंस्था गठन विधेयक–२०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

यसैगरी ‘समिटर समिट’ आयोजना गर्ने सम्बन्धमा औपचारिक प्रक्रिया अघि बढाउनका लागि मुख्यमन्त्रीको नेतृत्वमा तयारी समिति गठन गर्ने तथा मोरङको कटहरी गाउँपालिकास्थित फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावली–२०७६ स्वीकृति गर्ने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले एक महीनाअघि पाँचथर जिल्लामा भएको दुःखद् हत्याकाण्डमा बच्न सफल भएकी किशोरी सीता खजुमको उपचारमा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णयअनुसार हालसम्म प्राप्त भएको बिल ? ६९ हजार ३१४ प्रदेश सरकारले भुक्तानी गर्ने निर्णय गरिएको छ ।

यस्तै सगरमाथा टिन्स क्लब (एसटिसी) हरेक विद्यालयमा सञ्चालन गर्ने गरी आवश्यकपर्ने कार्यविधि–२०७६ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रवक्ता मन्त्री कार्कीले जानकारी गराएका छन् ।रासस