२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने वृद्धि भएको छ । व्यापार २.६२, उत्पादन २.६४ र अन्य उपसमूह ०.८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११.४२, होटल १४.४, विकास बैंक ८.९३, जलविद्युत् ६.६८, वित्त ०.५९, निर्जीवन बीमा १०७.३३, लघुवित्त १३.४४, जीवन बीमा ८७.२२ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा मेघा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ९५ लाख ५० हजार ४९, प्रभु बैंक रु दुई करोड ५४ लाख ३२ हजार २३६, स्ट्याण्र्डड चार्टड बैंक रु दुई करोड ४८ लाख दुई हजार ३४३, नेपाल बैंक रु दुई करोड ४५ लाख ५६ हजार ९२८, सेञ्चुरी बैंक रु एक करोड ९२ लाख ९८ हजार ७३१ र एनआइसी एशिया बैंक रु एक करोड ४३ लाख २७ हजार ६८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ९.४९, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ७.०१, सेञ्चुरी बैंक ६.०२, कुमारी बैंक ५.२४ र ङादी पावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए । युनियन हाइड्रोपावर ५.८८, सिभिल लघुवित्त वित्तीय संस्था ५.३९, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.२२, महिला सहयात्रा माइक्रोफाइनान्स ३.१४ र अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले २.७५ प्रतिशतले गुमाए ।