२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय ध्वजावाहकलाई युरोप उडानमा सहजीकरण गर्न आग्रह

अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई यूरोपका विभिन्न गन्तव्यमा हुने उडानमा सहजीकरण गर्न आग्रह गरेका छन् ।

आफूसँग शिष्टाचार भेटका लागि उपराष्ट्रपति भवन ग्रीनहाउस पुगेका नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरलाई उनले उक्त आग्रह गरेका हुन् । ‘हामी नेपाल वायु सेवाको जहाज युरोपमा उडान भर्न चाहन्छौँ’, उपराष्ट्रपतिले भने, ‘युरोपियन युनियनले नेपाल वायुसेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानका लागि सहजीकरण गरिदिनुपर्छ ।’

भेटमा राजदूत लेगरले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र सांस्कृतिक सम्पदा देखेर फ्रान्स अत्यन्त खुशी रहेको बताएका थिए । फ्रान्स र नेपालबीच औपचारिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गर्दै उनले पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनिरहेको बताए । राजदूत लेगरले फ्रान्सले नेपालसँग औद्योगिक तथा आर्थिक विकासमा साझेदारी गर्न चाहेको बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।