२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृतक बालकको परिवारलाई आर्थिक सहयोग

अ+ अ-

दमौली । इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका तनहुँको म्याग्दे गाउँपालिका–२ ऋषिथुमका दुई बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सोही वडाको जामुनेस्थित माछापुछ्रे  इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको परिवारलाई न्यू भिजन युवा क्लबको सक्रियतामा ४० हजार प्रदान गरिएको हो ।

युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले उक्त रकम शनिबार मृतकका बाबु कृष्णबहादुर शाहीलाई घरमै पुगेर हस्तान्तरण गरेका छन् । दुःखको घडीमा पीडित परिवारलाई मल्हम लगाउने उद्देश्यले स्थानीयस्तरमा रकम सङ्कलन गरिएको रानाभाटले जानकारी दिए । मृतकका बाबु शाहीले दुवै छोरा गुमाउनु पर्दाको पीडा पैसाले पूर्ति नहुने भए पनि सहयोग गरेकामा सहयोगीदातालाई धन्यवाद ज्ञापनगरे ।

राधा माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्किने क्रममा इँटाभट्टाको पोखरीमा पौडी खेल्दा असार १८ गते दाजुभाइको मृत्यु भएको थियो ।

क्रिकेट सङ्घमा श्रेष्ठ

जिल्ला क्रिकेट सङ्घ तनहुँको अध्यक्षमा ताराराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार दमौलीमा सम्पन्न विशेष साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । सङ्घको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा राजु गुरुङ, कोषाध्यक्षमा मनोज सुवर्णकार र सदस्यमा मोहन गुरुङ, अतिश कुमार खड्का, सुदीप शर्मा, सुशील गिरी, सुमनराज नहर्की, अमित कैनी र नरेश केशी सर्वसम्वत चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा सुदीप शर्मा चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा अतिशकुमार खड्का, सुमनराज कार्की, अर्जुन श्रेष्ठ र राजु गुरुङ चयन भएको क्रिकेट सङ्घले जनाएको छ । रासस