२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरजातीय विवाह गर्ने जोडी विस्थापित

अ+ अ-

जाजरकोट । अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् ।

ठकुरीकी छोरी, दलितसँग विवाह गरेको भन्दै माइतीपक्षको धम्कीले उनीहरु विवाह गरेको चार वर्षसम्म पनि आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकामस्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाइरहेका छन् । माथिल्लो जातका भनिने माइतीपक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन बिताउन बाध्य भएका हुन् । दलितले ठकुरीकी छोरी विवाह गरेका कारण माइतीपक्षको मात्र होइन, उनीहरु सामाजिक बहिष्करणमा परेका छन् । यहाँ अहिले पनि जातीय छुवाछूत कायमै छ ।

विसं २०६७ मा गणेश १७ वर्षका थिए । ज्योति १५ वर्षकी । त्यतिखेर तिनीहरुबीच प्रेम बस्यो । उनीहरुबीच गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ असार २९ गते ज्योतिलाई भगाएर घर ल्याए । तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइतीपक्षले ज्योतिलाई खोसेर लगे । गणेशलाई कुटपिट गरे । परिवारलाई धम्क्याए । फेरि फर्केर हेरे बालविवाहको मुद्दा लगाउने र ज्यानै लिने धम्की दिएपछि गणेश केही समय पछि हटे । वास्ता गर्न छाडे । तर, उनीहरुबीचको प्रेमलाई न त जातले रोक्न सक्यो न ज्योतिका आमाबुबाको धम्कीले नै ।

उनीहरु उमेर पुगेपछि पुनः २०७२ कात्तिक ९ गते सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै गाउँबाट भागेका थिए । उनीहरु भागेर कैलालीको धनगढी गएर केही समय बसे । यता माइतीपक्षले गणेश र उनका बुबा कमारा चदाराविरुद्ध रु आठ लाख ५० हजार चोरी गरेको आरोपसहित इलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्दा दर्ता गराए । गणेशको घरमै गएर ढुङ्गामुढा गर्दै एक हप्ताभित्र छोरीलाई नल्याए जे पनि हुनसक्छ भन्दै धम्क्याएको उनीहरुको भनाइ छ ।

प्रहरीले गणेशका बुबालाई पक्राउ गर्‍यो । छोरालाई खोजेर ल्याउँछु भनेपछि प्रहरीले कमारालाई छोडिदियो । उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलङ्गा बोलाए । गणेश धनगढीबाट खलङ्गा आए । सुरक्षाका कारण देखाउँदै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो । दुवै पक्षको बयानका आधारमा ज्योतिका बुबा उत्तम शाहले चोरी गरेको भनी दर्ता गराएको मुद्दा झुटा ठहर भएको उनीहरुको भनाइ छ ।

प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर बिहे गरे अरुले हस्तक्षेप गर्न नहुने बताउँदै दुवै पक्षलाई मिलापत्र गर्न आग्रह गर्‍यो, तर माइतीपक्षकाले मिलापत्र गर्न मानेनन् फर्केर गए । गाउँ गए उनीहरुको सम्बन्धविच्छेद गराउने र जतिखेर पनि आक्रमण हुनसक्ने डरले आफूहरु गाउँ जान नसकेको गणेशले बताए । गाउँकै शिवपुरी माध्यामिक विद्यालयमा दुवै अध्ययन गर्थे । ११ कक्षा दुवै पास भयौँ तर, १२ कक्षाको परीक्षा दिन पाएनौँ गणेशले भने “१२ कक्षाको परीक्षा आवेदन फारम भरे पनि माइतीपक्षको धम्कीका कारण परीक्षा दिन पाएनौँ ।” गाउँमै रहेको विद्यालयमा अध्ययनरत उनीहरु माइतीपक्षको धम्कीका कारण दुईपटक परीक्षा छुटाइसकेका छन् । विद्यालयले स्थानान्तरणसमेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पूरा हुननसकेको उनले गुनासो गरे । सदरमुकाममा खान बस्न समस्या भएपछि गणेशले ज्याला मजदुरी गर्छन् भने ज्योतिले सदरमुकाममै सानो घुम्तीमा खुद्रा पसल राखेकी छन् । “जेनतेन गुजरा चलेको छ”, गणेशले भने, “गाउँमा जान पाएको भए खेतीकिसानी गरेर जहान केटाकेटी पाल्थे अहिले म साह्रै समस्यामा छु ।” यस अवधिमा उनीहरुका दुई छोरीको जन्मसमेत भइसकेको छ । तर अझै पनि माइतीपक्षको मन पग्लिएको छैन ।

“अरु हामीलाई मतलव छैन । हाम्रो छोरी मरीसकी । तिनीहरु फर्केर हाम्रो गाउँमा नआउन, आए राम्रो हुँदैन भन्छन् रे बाबामम्मीले मैले के बिगारेकी छु र ? प्रेम गर्नु पाप हो र ?” ज्योतिले भनिन्, “अहिलेको एक्काइसौँ शताब्दीमा पनि जातभातको कुरा गरेर मलाई सामाजिक बहिष्कार गरे । म के गरुँ ।” रासस