२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सांसदको प्रश्न : सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा किन ढिलाइ ?

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अप्ठ्यारो परेको बताए ।

उनले आयोग गठन गर्न किन हेलचेक्र्याइँ भयो भन्ने प्रश्न गर्दै संविधानको भावनाअनुरुप द्वन्द्वपीडितका समस्या सम्बोधन गर्न छिटो आयोग गठन गर्न माग गरे् । सांसद शर्माले भने, ‘देश र जनताको मागअनुसार सङ्घीयता आएको हो, यसलाई इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्छ ।’ सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक राज्य तथा सुशासन समितिमा अड्कियो ? राष्ट्रिय परिचयपत्र वितरण कार्य कुन ऐनअनुसार भयो ? भन्ने प्रश्न गर्दै सार्वजनिक खरीद ऐनविपरीत परिचयपत्रको ठेक्कापट्टा भएको आरोप लगाए । उनले भने, ‘सरकारका काम कारवाही पारदर्शी भएन । यसले गर्दा लोकतन्त्रको भावनामाथि अघात पर्छ ।’

सांसद केदार सिग्देलले भूकम्पले क्षति भएको सिंहदरबार र संसद् सचिवालय पुनःनिर्माण गर्न ढिलाइ भएकोमा आपत्ति जनाउँदै भवनभित्र रहेका अमूल्य सरसमानको अवस्था के कस्तो अवस्थामा रहेको छ भन्ने प्रश्न गरे । सांसद प्रमोद साहले भोजपुरी र मैथली भाषाबाट रेडियो नेपालबाट प्रसारण हुँदै आएको समाचार बन्द भएकोमा आपत्ति जनाउँदै यसले भोजपुरी र मैथली संस्कृति लोप हुने खतरा बढेको बताए ।

अर्का सांसद रामबाबुप्रसाद यादवले मुलुक संघीयतामा गइसकेको अवस्थामा पनि कृषकले अझै पनि तराईमा सिजनको समय बीउबिजन र मलखाद पाउन नसकिरहेको गुनासो गर्दै कृषि प्रधान देशमा कृषि आधुनिकीकरण गर्न सरकारको ध्यान जान जरुरी छ भने।

सांसद कृष्णगोपाल श्रेष्ठले नेकपाको धूम्रबाराहीस्थित पार्टी कार्यालयबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै विषयवस्तु बुझेर जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । उनले गोरखा भूकम्पले बल्खुस्थित पार्टी कार्यालय क्षति पुगेकाले चार वर्षदेखि पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन लिजमा प्रयोग गर्दै आएको स्पष्ट पारे ।

सांसद डा डिला सङ्ग्रौलाले नेपाली कामदार रोजगारीका लागि मलेसिया जान बन्द भएको दुई वर्ष भइसक्यो, यसका बारेमा मौन किन ? भन्ने प्रश्न गरे । सांसद सरिता गिरी जङ्गल र बस्तीलाई व्यवस्थापन गरेर मात्र निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाउन सुझाव दिए । सांसद झपटबहादुर रावलले गैरकानूनी नागरिकता कति व्यक्तिले लिएका छन् र हालसम्म कति खारेज भयो सदनलाई जानकारी गराउन माग गरे । सांसद प्रकाश रसाइलीले जनताको जीउधनको सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेमप्रसाद तुलाचनले हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिउँद महीनामा भएको हिमपातका कारण धेरै सङ्ख्यामा भेडाच्याङ्ग्रा मरेको र त्यहाँका पीडित किसानले अझै क्षतिपूर्ति पाउन नसकेको गुनासो गरे । सांसद तेजुलाल चौधरीले मुलुकमा बढ्दो भ्रष्टाचार र अनियमिता रोक्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताए ।

सांसद नवराज सिलवालले संसदीय अभ्यासको गरिमालाई ख्याल गर्दै संवेदनशील विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदको एक धारणा आउन जरुरी भएको उल्लेख गरे । सांसद प्रमिला राईले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालको नाराविपरीत मुलुकको विकासले गति लिन नसकेको र अनियमितताका घटना बढेकोमा सरकारको ध्यानाकर्षण गराए ।