९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ सचिवको सरुवा, ४ वरिष्ठ सहसचिवको बढुवा

अ+ अ-

काठमाडौँ । सरकारले १६ सचिवको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयमा रहेका सचिवहरूलाई हेरफेर गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयका सरुवा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय, जनसङ्ख्या सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालय, पर्यटन सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ।

सरकारले सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा ल्याएको छ भने सिँचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रका माधव वेल्वासेलाई खाने पानी मन्त्रालय, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालय र भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ ।

सरकारले लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरिएको छ भने उनको ठाउँमा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई ल्याएको छ ।

त्यस्तै प्रदेश ५ का प्रमुख सचिव डा. तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ

सरकारले रिक्त ४ सचिव पदमा वरिष्ठ सहसचिवलाई बढुवासमेत गरेको छ । बढुवा हुने सहसचिवहरूमा तोयम राय, तोयनारायण ज्ञवाली, रविन्द्र श्रेष्ठ र शिव हरी शर्मा रहेका छन् ।

सरकारका मन्त्रीहरुले केही दिन अघि मात्रै सचिवहरुसँग चालू आर्थिक वर्षका लागि कार्य सम्पादन मूल्याँकन सम्झौता गरेका थिए तर सम्झौताको मसिसमेत राम्ररी सुक्न नपाउँदै सचिवहरुको सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस