१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गरेका छन् । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गरेका हुन् ।

आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि रसियाका राजदूत एलेक्सिइ ए नोभिकोभलाई मन्त्री पुनले दुई देशबीचको मैत्रीसम्बन्ध जनस्तरसम्म फैलिएर थप प्रगाढ बनेको समेत स्मरण गरे ।

भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । रसियाले विगतमा पनि पनौती जलविद्युत् आयोजना, पूर्वपश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै उनले आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले जलविद्युत्को क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसँग आग्रह गरे ।

‘जलविद्युत् क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १०० मेगावाटभन्दा माथिको परियोजनाको विद्युत् खरीद सम्झौता पनि सरकारले अमेरिकी डलरमा गर्ने निर्णय गरेको छ । लगानीमैत्री वातावरण बनेको छ । यसलाई सदुपयोग गरेर नेपालमा लगानी गर्न म आग्रह गर्छु’ मन्त्री पुनले भने । मन्त्री पुनले सन्देश रसियन लगानीकर्तालाई नेपालको लगानीमैत्री वातावरणको सन्देश प्रवाह गरिदिन आग्रह गरे ।

जवाफमा राजदूत नोभिकोभले ऊर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागि वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस