२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरेल सङ्ग्रहालयको निर्माण गरिँदै

अ+ अ-

चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मात्र परापूर्वकालदेखि बसोबास गर्दौ आएको नेपालको सूचीकृत आदिवासी जनजातिमध्ये सीमान्तकृत जनजाति सुरेल जाति हो । नेपालका अन्य भूभागमा बसोबास नभएको सुरेल जाति परापूर्वकालदेखिनै दोलखाको उत्तरी दुुर्गम क्षेत्र सुरीमा बसोबास गर्दै आएका छन् ।

पहिल्लो समय विकासको क्रममा आधुनिकता भित्रिन थालेसँगै सुरेल समुदायका मानिसलाई आफ्नो पहिचान रीतिरिवाज गुम्ने चिन्ताले सताउन थालेको छ । उनीहरु पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति, रीतिरिवाज जोगाइ राख्न र सुरेलको पहिचानका लागि धमाधम सुरेल सङ्ग्रहालयको निर्माणमा जुटिरहेका छन् । सुरेल जातिको पुरातात्वियक सामग्री, वेषभूषा, कलाको संरक्षण गर्ने उद्देश्यले गाउँपालिका र प्रदेश नम्बर ३ को सहयोगमा सङ्ग्रहालयको निर्माण गर्न लागिएको सुरेल सेवा समाजका अध्यक्ष सुवास सुरेलले बताए ।

सुरेल सङ्ग्रहालयको निर्माण गर्न गत आर्थिक वर्ष गाउँपालिकाले रु १५ लाख रकम विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षमा प्रदेश सरकारले रु २५ लाख रकम विनियोजन गरेको छ । करीब डेढ रोपनी जग्गामा निर्माण गर्न लागिएको सङ्ग्रहालय तत्काल चार कोठाको निर्माण गरिने र वरिपरि जातिसँग सम्बन्धित विभिन्न सामग्रीको निर्माण गरिने उनले बताए ।

नेपालकै गौरीशङ्करमा मात्र बसोबास रहेको सुरेल जातिको संस्कृति, रीतिरिवाज, वेषभूषा संरक्षण तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न योजना गाउँपालिकाले ल्याएको गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बताए । सङ्ग्रहालयमा तत्काल सुरेल जातिका पुर्खाले प्रयोग गरेको सामग्री, सुरेल जातिको जन्मदेखि मृत्यु संस्कारसम्म झलकने सामग्री, वेषभूषालगायतका सामग्री राखिने छन् ।

भुमेचन उभौलीको मुख्य पूजा गर्ने यो जातिको जनसङ्ख्या जम्मा २७१ मात्र रहेको छ । अल्पसङ्ख्यक सीमान्तकृत समुदायका सुरेल जातिलाई सरकारले प्रतिव्यक्ति सामाजिक सुरक्षाभत्ता भन्दै मासिक रु दुई हजारका दरले भत्तासमेत उपलब्ध गराउँदै आएको छ । रासस