२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसा न्यूनीकरण गर्न शिक्षा र सीप आवश्यक : प्रदेशप्रमुख कोइराला

अ+ अ-

काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले घरेलु हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिकलाई शिक्षा र सीपको आवश्यकता रहेको बताएकी छन् । बनेपा ब्वाइज क्लबद्वारा आयोजित ११ दिने बनेपा महोत्सव आज उद्घाटन गर्दै उनले भनिन्, ‘विशेषगरी बालबालिकालाई शिक्षा र महिलालाई आयमूलक सीप सिकाउनुपर्छ, यसबाट ब्यस्तताका कारण पनि घरेलु हिंसा न्यूनीकरण हुँदै जान्छ ।’ उनले सीप सिकेका महिला मानसिकरुपमा बलियो हुनेहुँदा हिंसा न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताइन् ।

अठइस वर्षअघि महिलामाथि हुने हिंसा रोक्न माइती नेपाल संस्था स्थापना गरिएको जानकारी दिँदै उनले अहिलेको परिस्थितिमा महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्नु महत्वपूर्ण भएकाले यस प्रदेशका विद्यालयमा बालबालिकाको मानसिक एवं शारीरिक स्वास्थ्यका लागि नर्सको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ भनिन्।

होटलमा काम गर्ने १३ देखि १६ वर्षसम्मका मजदूर यौन शोषणमा पर्नसक्ने भएकाले तुरुन्तै अनुगमन गर्न जिल्लाका प्रशासन प्रमुख र सुरक्षा प्रमुखलाई प्रदेश प्रमुख कोइरालाले निर्देशनसमेत दिइन् । महोत्सव संयोजक हरि कर्माचार्यले ११ दिनसम्म चल्ने सो महोत्सवमा विभिन्न परिकारका खाद्यान्नसहित घरेलु सामग्रीका १३५ कक्ष राखिएको जानकारी दिइन् ।