२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रकै गहना ऐतिहासिक सराय नाच लोप हुने खतरामा

अ+ अ-

तम्घास । पछिल्लो समय सराय नाच लोप हुने खतरामा परेको छ । नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराय नाच लोप हुने खतरामा परेको हो । गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र कपिलवस्तुका शक्तिपीठमा दशैँको भोलिपल्टबाट पूर्णिमासम्म सराय नाच्ने प्रचलन छ ।

पछिल्लो समय नाच्ने कम र हेर्ने धेरै हुँदै गएका छन् । अहिले सराय नाच हेर्नेको भीड लाग्छ तर नाच्ने मान्छे हुँदैनन् । पहिले–पहिले सराय नाच्न पालो नपाइने ठाउँमा समेत अहिले सरायको गोल पुग्दैन । “यो चौरमा पनि पहिले नाच्ने ठाउँ नै हुँदैनथ्यो, तर अहिले धेरै मान्छे देखिँदैनन्”, बाहुनगाउँमा त्रयोदशीका दिन सराय खेल्न आएका धुर्कोट गाउँपालिका–४ जैशीथोकका ७१ वर्षीय मोतीलाल पोखरेलले भने, “पहिलेभन्दा धेरै कम रमाइलो लाग्न थालेको छ ।” कुमारीदेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका पोखरेलले युवापुस्ता विदेशिनु भएकाले पनि सराय नाचप्रति चासो नदेखाउँदा हराउँदै जान थालेको बताए । त्यसका साथै बाजागाजा व्यवस्थित नहुनु, मानिसहरुमा धर्म, संस्कृतिप्रति चासो कम हुँदै जानुजस्ता कारणले पनि सराय नाच हराउँदै जान थालेको प्रतिक्रिया दिए । सोही ठाउँकै कोपिलमणि घिमिरेले बाजागाजा व्यवस्थित गरी युवापुस्तालाई तालीम नै दिएर भए पनि संस्कृति जोगाउनुपर्नेमा जोड दिए। साथै केहीबेर रमाइलो गर्ने युवाहरुमा कुनै लय र मेलो नहुने पनि उनले बताए ।

पट्टा र मालश्री पनि लोप हुँदै

पछिल्लो समय फूलपाती भित्र्याउँदा गाइने मालश्री र पट्टानाच पनि लोप हुँदै गएको छ । चाँपटारीबाट फूलपाती ल्याउने र इस्माकोतबाट ब्राह्मण र पुजारीहरु झरेपछि मैदानमा करीब डेढ घण्टा रोचक पट्टानाच देखाउने र मालश्री गाउने प्रचलन भए पनि अहिले हराउँदै आएको छ । यो परम्परा अरु कसैको लागि हो भन्ने मानसिकताका कारण अहिले लगभग हराएको छ ।

यो रोचक नाच र गीत पाका पुस्तासँगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताए । आफूहरुले सिकेको मालश्री अब आफूहरु पछि गाउने कुनै व्यक्ति वा समुदाय नभएको मालश्री गाउँदै आएका इस्मा रजस्थलका शोभाखर पैयानीले बताए । त्यस्तै सराय नाच पनि उस्तै अवस्थामा छ । सिक्ने र सिकाउने पुस्ताबीचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको स्थानीयवासी टीकाबहादुर थापाले बताए । उनले पुरानो पुस्तालाई मालश्री र पट्टा खेल्न सिकाउनुपर्नेमा जोड दिए ।

हतियार प्रदर्शनमा रोक, संस्कृति लोप

मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरबार, खुँडा, खड्ग आदि हतियार एकापसमा ठोक्काउँदै ‘वाख्खै बा’ को भाषामा सराय खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरुन्’, ‘बाँचे आइसल’ जस्ता भाषा सराय नाचमा प्रयोग हुन्छन् । केही समय पहिले हतियार नै नचाएर सराय खेलिन्थ्यो । पछिल्लो समय त्यो छैन । हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर बढी हुने भएकाले यो पछिल्लो समय छोडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । पहिले–पहिले राति अबेरसम्म हुने सराय नाच पनि अहिले बेलुका बढीमा ५ देखि ६ बजेसम्म मात्रै हुन्छ । यो कुराले बूढापाका भने सन्तुष्ट छैनन् । “हतियारबिना त सराय नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने”, धुर्कोट गाउँपालिका–४ का ८२ वर्षीय दुर्गाबहादुर नेपालीले भने, “यस्ता कुराले मनमा नरमाइलो लाग्दो रहेछ ।” सोही ठाउँकै ७३ वर्षीय फर्सबहादुर नेपालीले पनि सुरक्षा व्यवस्थामा ध्यान दिँदै सरायका आधारभूत हतियारलाई प्रदर्शन गर्न दिइनुपर्ने बताए । “हतियार वर्षमा एक दिन देखाउने हो, यो हाम्रो संस्कृति हो”, उनले भने, ‘निश्चित मापदण्ड बनाएर भए पनि प्रदर्शन गर्दा राम्रो हुन्थ्यो ।”

समितिलाई समस्या धेरै

सराय नाच्न पहिले–पहिले स्वतःस्र्फूतरूपमा मानिस शक्तिपीठ आउने गर्दथे । तर पछिल्लो धेरै समययता शक्तिपीठमा मन्दिर व्यवस्थापन समिति गठन गरिएको छ । त्यसरी गठन भएको समितिले घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्मका सबै कार्यहरु गर्न व्यवस्थापनको काम गर्दछन् । शक्तिपीठमा समिति गठन भएपश्चात धेरैले समितिकै मुख ताक्छन् र यसबाट कसैको सहयोग नपाएको समिति समस्याको भुमरीमा पर्छ ।

सराय नाच : राष्ट्रकै गहना, पर्यटन पवर्द्धनमा सहयोग

सराय नाच नेपालका केही पश्चिमी जिल्लामा मात्र नाच्ने गरिन्छ । सराय हेर्नकै लागि बसाइँ सरेकाहरुसमेत केही दिनको लागि आफ्नो घर फर्कन्छन् । सराय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसरसमेत पाउँछन् । सराय नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । त्यस्तै चना–चटपटे, अम्बा, किराना, बालबालिकाका खेलाउनालगायतका सामग्रीको राम्रो व्यापार हुन्छ । दशैँमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महत्व अरुलाई पनि बुझाउन सके पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने पाञ्चायन मावि जैशीथोकका पूर्वप्रध्यानाध्यापक मेघराज खनालले बताए ।

“सराय र शक्तिपीठको महत्व विभिन्न माध्यमबाट प्रचार गर्नु जरुरी छ”, उनले भने, “यसबाट ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।” त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका उपप्रध्यापक लीलाधर आचार्यले पनि सरायको प्रचार–प्रसार गर्न सकेमा धार्मिक शक्तिपीठको थप विकासमा सहयोग पुग्ने बताए । “एकातर्फ गाउँठाउँको विकास हुन्छ भने अर्कोतर्फ हाम्रो पहिचान बोकेको संस्कृतिको प्रचार हुन्छ”, उनले भने, “स्थानीय नागरिकदेखि सरकार सबैले ध्यान दिनु आवश्यक छ ।” सरायले गर्दा पर्यटक भित्र्याउन सके रोजगारीसमेत सिर्जना हुने र आम्दानीको स्रोत बढ्ने उपप्रध्यापक भुसालले बताए ।

यसरी शुरु भयो सराय

घटस्थापनादेखि नौ दिनसम्म देवीको पूजा गर्दा महाकाली उत्पत्ति भइन् । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन् पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दशैँको टीका लगाउने प्रचलन बस्यो भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ वर्षअघि द्वापरयुगमा सराय खेल्न थालिएको मान्यता छ । त्यसका साथसाथै शत्रुसँग भिड्ने तरिका सिक्ने तालीमस्वरुप पनि सराय नाच खेल्ने गरेको किंवदन्ती छ । एकादशीका दिन गुल्मीको इस्मा मैदान र धुर्कोट वस्तुमा सराय नाच्ने गरिन्छ । द्वादशीको दिन बुल्म, त्रायोदशीको दिन जैशीथोकको बाहुनगाउँ, चर्तुदशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जैलगायतका क्षेत्रमा सराय नाच्ने गरिन्छ ।

संरक्षण गर्ने प्रयासमा स्थानीय तह

अहिले गाउँगाउँमा स्थानीय सरकार छन् । त्यसैले पनि सरायजस्ता मौलिक धर्म संस्कृतिलाई जोगाउने दायित्व अब सरकारले पनि बहन गर्नुपर्छ । धुर्कोट गाउँपालिकाले वडा नं ७ वाग्लास्थित अजिमिर कोटको लागि रु २५ लाख विनियोजन गरेको छ । त्यहाँ गाउँका युवाहरुको अगुवाइमा रु ४९ लाख स्थानीयवासीबाट सङ्कलन गरियो । अहिले नयाँ मन्दिर निर्माण गरिएको छ । पहिलेभन्दा व्यवस्थित पनि बन्दै गएको छ । अहिले पनि गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत संस्कृतिको संरक्षणमा लागिपरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टले गाउँपालिकाभित्रका विभिन्न कला, संस्कृति र परम्परा जोगाउन आफूहरु योजनाबद्धरूपमा लागेको बताए । उनले अहिले तीज गीत प्रतियोगिता, पञ्चेबाजा संरक्षण, मठमन्दिरको संरक्षणलगायतका काम भइरहेकाले अब विस्तारै ऐतिहासिक कला, संस्कृतिको प्रचार–प्रसार र जर्गेना गर्नुपर्नेमा जोड दिए ।