२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्णरुपमा सफल : प्रवक्ता बाँस्कोटा

अ+ अ-

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने, ‘चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिक रुपमा मात्रै नभई नेपालको आर्थिक समृद्धिको मार्गचित्र पहिल्याउन पनि सफल भएको छ । यसको प्रभाव दीर्घकालीन रुपमा समेत पर्नेछ ।’

मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भ्रमणको बहुआयामिक महत्व रहेको र दुई देशबीच भएको २० बुँदे समझदारीपत्र त्यसैको उदाहरण भएको बताए ।

भ्रमणको बहुआयामिक महत्वका बारेमा थप स्पष्ट पार्दै मन्त्री बाँस्कोटाले भने, ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण विकास लक्षितरुपमा, राजनीतिक रुपमा र कूटनीतिक सम्बन्धका रुपमा हेर्नुपर्छ । यसले राजनीतिक रुपमा विशिष्ट प्रकारको सम्बन्ध स्थापित गरेको छ ।’

विश्वशक्तिसमेत रहेको छिमेकी मुलुकसँग राम्रो सम्बन्ध हुनु नै खुशीको कुरा भएको स्पष्ट पार्दै उहाँले २३ वर्षपछि नेपालमा त्यस खालको उच्चस्तरीय भ्रमण हुनु नै ठूलो कुरा भएको बताए । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि विश्वव्यापीरुपमा नै स्थापित हुन पुगेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत त्यसलाई चर्चा गरेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

दुई देशका बीचमा कायम रहेको मैत्री सम्बन्ध थप प्रगाढ र उन्नत बनेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपना पूरा हुने दिशामा केन्द्रित रहेको बताए । प्रवक्ता बाँस्कोटाले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पलाई साकार बनाउन पनि भ्रमण ऐतिहासिक भएको स्पष्ट पारे । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपाल र नेपाली जनताका लागिसमेत महत्वपूर्ण लाभ र उपलब्धि प्राप्त हुने उनको भनाइ थियो ।

नेपाल भूपरिवेष्टित नभई भूजडित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले जोड दिँदै आउनुभएको सन्दर्भ जोड्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीबाट पनि सोही खालको प्रतिबद्धता व्यक्त भएकामा त्यो विषयसमेत ऐतिहासिक भएको बताए । नेपाल र चीनबीच भएको सहमति तथा समझदारीले नेपाललाई समुन्द्रसम्मको पहुँच, हवाई मार्ग र यातायातमा सम्भावनाको ढोका खोलेको मन्त्री बाँस्कोटाको भनाइ थियो । उनले भने, ‘हामी रेल्वे, हवाई, सडक, विद्युत्, सञ्चार सम्पूर्ण क्षेत्रमा अगाडि बढेका छौँ । फाइदाको हिसाबले हामी यसलाई मूल्यमा नाप्नै सक्दैनौँ ।’

उनले चिनियाँ राष्ट्रपतिको भ्रमण विकास र समृद्धिको लागि गरिएको रणनीतिक समझदारी भएको उल्लेख गरे । ‘चीन र नेपालको केही विषयमा समान चासो छन् । नेपालको पनि आर्थिक समृद्धि र विकासको चासो रहेको छ । हामी त्यसैमा केन्द्रित रहेका छौँ’, मन्त्री बाँस्कोटाले भने ।

उनले दुई देशबीच भएको रणनीतिक साझेदारीको अर्थ अन्य कुनै गठबन्धन नभएको स्पष्ट पारे । नेपाल कुनै पनि सैनिक गठबन्धनमा नलाग्ने र असंलग्न परराष्ट्र नीति र पञ्चशीलताको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई फरक कोणबाट व्याख्या गर्नुको कुनै अर्थ नभएको उनको प्रष्टोक्ति थियो ।

मन्त्री बाँस्कोटाले संसारका जुनसुकै देशका उच्चस्तरीय राजनेताको भ्रमणलाई नेपालले स्वागत गर्ने उल्लेख गरे । उनले सरकारको नीति तथा कार्यक्रममा नै उच्चस्तरीय राजनीतिक भ्रमणलाई निरन्तर अगाडि बढाउने भन्ने विषय समावेश भएकाले पनि चिनियाँ राष्ट्रपतिको जस्तै थप भ्रमण हुनसक्ने र सरकारले ‘सगरमाथा संवाद’ जस्ता कार्यक्रम पनि अगाडि बढाउन लागेको सन्दर्भमा यस्ता भ्रमण निरन्तर हुने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गरे ।