२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपतिको आग्रह

अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा आजदेखि शुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताएका हुन् ।

उपराष्ट्रपति पुनले भने, ‘नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ । घर घरमा श्रम गर्न सानासाना मेशिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनुपर्छ । विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।’

बेलायतमा औद्योगिक क्रान्तिपश्चात् प्रविधिको विकास भएको उल्लेख गर्दै उनले त्यसैगरी नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको जनाए । कार्यक्रममा सम्मेलन सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको लिखित सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले यस आयोजनाले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उल्लेख गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले यो बिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउँदै युवा वैज्ञानिकलाई स्वदेशमा फर्काएर प्रतिभाको सम्मान गरिने कार्यक्रम रहेको बताए ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विज्ञान र प्रविधिको प्रयोगमार्फत सुशासन, विकास र समृद्धि दिएर सबै नेपालीको घरआँगनमा खुशी दिलाउन सरकार प्रयत्नशील रहेको बताए । नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न सरकारले थप बजेट विनियोजन गर्न आग्रह गरे।

युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले प्रदेश नं १ मा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र खोल्न लागेको जानकारी दिँदै सातै प्रदेशमा क्रमशः यस केन्द्रको विस्तार गरिने बताए।

सम्मेलनमा ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट नेपाली युवा वैज्ञानिकले भाग लिएका छन् भने भारत, जापान र चीनबाट समेत वैज्ञानिकको सहभागिता छ । छ चरणमा विभाजित सम्मेलनमा १८ वटा विषयमा कार्यपत्र प्रस्तुति, छलफल र ज्ञानको आदानप्रदान हुनेछ । कार्यक्रममा भारतका वैज्ञानिक किसान लालको पनि उपस्थिति छ ।

समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ ।रासस