२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता, ४ सैनिक २३ गैरसैनिकमाथि अनुसन्धान

अ+ अ-

काठमाडौं । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ ।

गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन भएको आशङ्कामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरु गरिएको छ ।

यसैगरी भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान शुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।सैन्य भर्ना केन्द्र श्री नं २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं छ बाहिनी अड्डा, कैलालीमा पनि परीक्षा दिन लगेकाका चार नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

त्यस्तै वास्तविक उम्मेदवारको खोजी भइरहेको र अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न चार गैरसैनिकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष, स्वस्थ र प्रतिस्पर्धात्मक बनाइ नेपाली सेनामा योग्य व्यक्तिले सेवा गर्ने अवसर नगुमाओस् भन्नेमा जोड दिँदै आएकाले सोही बमोजिम गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक उपकरणमार्फत खराबी नियन्त्रण गर्ने गरिएको छ ।

यसले भर्ना छनोट प्रक्रियामा हुने अनियमितता कमी हुनाका साथै त्यस्ता कारवाहीले सङ्गठन शुद्धिकरण अभियानमा समेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ ।

सो कार्यमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ ।