२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारी व्यवस्थापन गर्न नसकिने’ कारण पठाउने आज अन्तिम दिन

अ+ अ-

काठमाडौँ । स्थानीय तहबाट माग भई लोक सेवा आयोगबाट विज्ञापन भएका पदहरुमा कर्मचारी सिफारिस आउँदा व्यवस्थापन गर्न नसकिने कर्मचारीको विवरण पठाउने आज अन्तिम दिन रहेको छ ।

स्थानीय तहका विज्ञापित पदहरु एकिन गर्ने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालये गत सोमबार जारी गरेको तीन दिने म्याद आज विहिबार सकिँदै छ ।

सरकारले स्थानीय तहको माग बमोजिम लोक सेवा आयोग मार्फत स्थायी पदपूर्तिका लागि विज्ञापन भईसकेको अवस्थामा विभिन्न स्थानीय तहहरुले पदपूर्ति गर्न आवश्यक संख्या रिक्त नरहेको भन्दै पत्राचार गरेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुन पदमा के कति कर्मचारी व्यवस्थापन गर्न नसकिने हो भन्दै कारणसहित विवरण पठाउन सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।

हेर्नुहोस् पत्र

तत्कालिन अवस्थामा रिक्त दरवन्दीका लागि कर्मचारी माग गरेका कतिपय स्थानहरुमा समायोजित कर्मचारी हाजिर भईसकेकोले थप कर्मचारी हाजिर गराउन नसकिने भन्दै स्थानीय तहहरुले मन्त्रालयमा पत्राचार गरेका थिए । यसरी पत्राचार गर्ने स्थानीय तहहरुमध्ये कतिपयले शुरुमा दरवन्दी माग गर्ने र पछि बिना कुनै कारण हाजिर गराउन नसकिने भन्दै पत्राचार गरेकोले पनि मन्त्रालयले व्यवस्थापन गर्न नसकिने पदको कारण सहितको विवरण प्रमुख/अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई ३ दिनभित्र अनिवार्य रुपमा विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो ।

यससँगै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम मन्त्रालयबाट अनुरोध भई विज्ञापन भएको र सोही सेवा समूह र तहका पदमा सिफारिस भई आएका उम्मेदवारलाई स्थायी नियुक्ती दिनु पर्ने अवस्था रहेको भन्दै सम्पूर्ण स्थानीय तहहरुले आफूले माग गरेको विज्ञापित पदहरुमा सुरक्षित राख्न अनुरोध गरेको थियो ।

हेर्नुहोस् पत्र

समयमा विवरण प्राप्त हुन नसकेमा माग भए बमोजिमका सबै कर्मचारीहरु माग गरेकै स्थानीय तहमा खटाइने समेत मन्त्रालयले जनाएको छ ।