१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी रेलमा आगलागी : मृत्यु हुनेको संख्या ७४ पुग्यो

अ+ अ-

रहिम यार खान, पाकिस्तान । पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनामा परी अरु दर्जनौ घाइते भएको र मृत्यु भएका र घाइते भएकाहरू तीर्थयात्री रहेको समाचारमा जनाइएको छ । पाकिस्तानको कराँची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको ज्यान गएको बताइएको छ । पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डब्बामा आगलागी भएको थियो ।

कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा मृत्यु भएको हो । बिहीबार बिहान दुर्घटना भएको घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगर नजिकै पर्दछ ।

घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गरेमा छन् । उनले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् । साथै घटनाका बारेमा छानविनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् ।

रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने र लपरबाहीका कारण पाकिस्तानमा रेल दुर्घटना धेरै हुनेगरेको अधिकारीहरुले बताएका छन् ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस