१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोमालियामा बाढी, भारी वर्षाका कारण २५ जनाको मृत्यु

अ+ अ-

मोगादिशु । अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन् ।

सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने जीविकोपार्जन र पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

डब्लुएचओ सोमालियाले गरेको ट्वीटमा स्थानीय मानिसलाई आतकालीन सहयोगको अत्यन्त खाँचो रहेको जनाइएको छ ।

सोमालियास्थित राष्ट्रसंघीय मानवीय सहायता कार्यालय (ओचा) ले बाढीबाट ५ लाख ४७ हजार मानिस प्रभावित भएको जनाएको छ । भारी वर्षाका कारण शाबाले नदीमा पानीको स्तर निकै बढेको र नदी बेलेड्वेन शहरमा पसेको छ । यस शहरमा मात्र दुई लाख ३२ हजार मानिस प्रभावित भएका छन् ।

जुबा र शाबेले नदीसँगै देशका सबैजसो साना ठूला नदीमा बाढी आएको र त्यसबाट जताततै जलमग्न भएको छ । सोमालियाको जल तथा भूसूचना व्यवस्थापन विभागले सामोलियामा अझै एक साता भारी वर्षा हुने अनुमान गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस