२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार

अ+ अ-

लुम्बिनी । करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उनले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे ।

चिकित्सक गोविन्दबल्लभ भट्टले स्थापना गरेको उक्त पुरस्कार ओकेबाजेलाई शहीद स्मृति पुस्तकालयको १८औँ वार्षिकोत्सवको अवसरमा समर्पण गरिएको हो । ओकेबाजेले पाल्पा जिल्लाका १८० भन्दा बढी विद्यालय एवं विभिन्न सङ्घसंस्थाको श्रीवृद्धिमा पुर्‍याएको योगदान अतुलनीय रहेकाले उनलाई पुरस्कृत गरिएको वरिष्ठ साहित्यकार वनमाली निराकारले बताए। शहीद स्मृति पुस्तकालयका अध्यक्षसमेत रहेका निराकारले जापानी नागरिकले पाल्पामा गरेको कर्मलाई भैरहवाले सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

पुरस्कार ग्रहणपश्चात ओकेबाजेले नेपालले आफूलाई धेरै कुरा सिकाएको बताए । नेपालको संस्कृति संसारकै अनुकरणीय संस्कृति भएको भन्दै आफूसँग भएको चिज बाँडेर खानुपर्दछ भन्ने संस्कार आफूले नेपालमै सिकेको उनको भनाइ थियो । उनले जापान जन्मथलो भएतापनि नेपालले कर्म गर्न सिकाएको भन्दै नेपालीको माया र सम्मानले झनै उत्साहित बनाएको बताए ।

७८ वर्षीय ओकेबाजेको नेपाल लगाव पनि गज्जबकै छ । विसं २०५० मा नेपालको अन्नपूर्ण बेसक्याम्प घुम्न आउँदा पाल्पाको पूर्वखोलास्थित ढोलीमारामा बस्न पुगेका थिए। त्यतिबेला त्यहाँको बसाइँले उनलाई प्रभावित गरायो । “ढोलीमाराको दुःखले मेरो मनमस्तिष्क छोयो त्यसपछि पुनः जापानबाट नेपाल आई त्यही ठाउँको सेवामा लागिरहेँ, लागिरहेँ”, उनले भने ।

ग्रामीण क्षेत्रमा उनले स्थानीयहरुले जे भन्दा पनि ओके–ओके भन्ने गरेको हुँदा उनलाई स्थानीयवासीले ओकेबाजे नै नाम राखिदिएका हुन् । त्यसपछि उनले आफ्नो नाम काजुमासा काकिमी भन्नुभन्दा ओकेबाजे भनेर परिचय दिन थालेका हुन् । ओकेबाजेलाई यसअघि पाल्पामा पनि नागरिक अभिनन्दन गरिएको थियो ।

सोही अवसरमा शहीद स्मृति जागरण पुरस्कार यस वर्ष ट्रान्सपेरेन्सी इन्टरनेशनल (टिआई)लाई प्रदान गरिएको छ । ४५ हजार राशिको उक्त पुरस्कार भ्रष्टाचार निवारणको क्षेत्रमा क्रियाशील उक्त संस्थालाई प्रदान गरिएको हो । पुरस्कार टिआइका अध्यक्ष खेमराज रेग्मीलाई समर्पण गरिएको छ ।

त्यस्तै स्वास्थ्यतर्फको स्वरस्वती दशरथ भट्ट पुरस्कारले समाजसेवी दिलीप भट्टराई, नेत्र शोभा साहित्यिक पुरस्कारबाट विराटनगरका वरिष्ठ साहित्यकार विवश पोखरेल, गङ्गादेवी नारायण साहित्यिक पुरस्कारबाट वरिष्ठ साहित्यकार रुद्र ज्ञवाली, कालिका जगनाथ प्रतिमा पुरस्कारबाट चित्रकार शैलेश गुरुङ, रामकला बुद्धीनाथ गौतम स्मृति पुरस्कारबाट सिद्धार्थ बालगृहको सञ्चालक कृष्णमाया गुरुङ, जीवलक्ष्मी शैक्षिक पुरस्कारबाट रुपन्देही लीलाराम न्यौपाने माविको छात्रा महिमा बस्नेत, कान्ताकृष्ण स्मृति पुरस्कारबाट भैरहवा नमूना माविको छात्र हिमाल आचार्य र विश्राम ढकाल स्मृति पुरस्कारबाट अरनिको स्कूलका छात्रा साहिल गुरुङ पुरस्कृत भएको आयोजक संस्थाका सचिव गोविन्द न्यौपानेले बताए । कार्यक्रममा प्राज्ञ बुँद राना, प्राज्ञ प्रा डा कपिलदेव लामिछानेलगायतले बोल्दै शहीद स्मृति पुस्ताकालयले प्राज्ञिक क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय भएको बताए ।