१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनले तात्दैछ पिपरा गाउँपालिका

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ ।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरी निधन भएका कारण त्यहाँ चुनाव हुन लागेको हो ।

अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ ।

पिपरा गापाको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका उम्मेदवारहरुमध्ये कसै कसैमा आफ्नै साख जोगाउने चिन्ता छ भने कसैकसैमा अन्ततः चमत्कार भएर विजेता बन्ने बन्छु भन्ने विश्वास देखिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित पूर्व अध्यक्ष चौधरीकी विधवा पत्नी रविता कुमारीलाई राजपा नेपालले फेरि त्यहाँ अध्यक्ष पदका उम्मेदवार बनाएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका साथै अध्यक्ष मण्डलका सबै सदस्यका साझा उम्मेदवार रविता आफूले पतिको अधुरा सपना पूरा गर्ने उद्देश्य बोकेर चुनावमा होमिएको बताउछिन् ।

दुई वर्षको सानो अवधिमा आफ्ना पतिले पिपराका जनताका लागि विकासका धेरै काम गर्नुभएको र अझै बढी काम गर्न चाहेर गर्न नपाएको बतादै उनले पतिका अधुरा योजनाहरु पूरा गर्ने वाचा गरिन्।

अघिल्लो चुनावमा प्रतिद्वन्द्वीका रुपमा रहेका तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरीले पनि पुनः उम्मेदवारी दिएका छन् ।

अहिले एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी एकीकृत भइसकेकाले दुबैको आफू साझा उम्मेदवार रहेको दावा गर्ने उनी आफ्नो जीत सुनिश्चित ठान्छन् ।

उनी जनताको चाहना बमोजिम पिपरा गाउँपालिकालाई समृद्ध बनाउने दृढता व्यक्त गर्छन् । चुनावी प्रतिष्पर्धामा मधेश र मधेशका लागि केवल समाजवादी पार्टी नै अब्बल रहेको दावीका साथ पिपरा गाउँपालिकाको उप निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारी दिएका समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले पनि यसपालिको चुनाव आफूले जित्ने दावी गरेका छन् ।

मधेश र मधेशीको हक, अधिकार स्थापित गर्ने र गाउँपालिकाको र्चौतर्फी विकास गर्ने क्षमता समाजवादी पार्टीसँग मात्र रहेको उनी दाबी गर्छन् ।

यहाँ नेपाली कांग्रेसबाट विजय यादवले उम्मेदवारी परेको छ । उनले आफूलाई पिपराका जनताले जिताउने दाबी गरेका छन् ।

यसपालि जितेर मधेश र मधेशी जनताको सम्पूर्ण मुद्दा सम्बोधन गर्ने वचनवद्धता उनी प्रकट गरिरहेका छन् ।

पहिलो पटक निर्वाचनमा होमिने मौका प्राप्त गरेको डा. सिके राउतको पार्टीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट पिपरा गाउँपालिकाको अध्यक्ष पदमा अञ्जनी देवी मण्डलको उम्मेदवारी परेको छ ।
देशमा विद्यमान राजनीतिक दलहरुको जस्तो आफ्नो पार्टीको कुनै स्वार्थ नरहेको र केवल इमान्दारीका साथ जनताको सेवा गर्ने पवित्र उद्देश्य मात्र बोकेकाले पिपरा गाउँपालिकामा यसपालि नयाँ चमत्कार हुने उनी ठान्छिन् ।
यहाँ ११ जना पार्टीका र ९ जना स्वतन्त्र उम्मेदवार २० जना चुनावी मैदानमा छन् । सबैले आफू नै जित्ने दावी गरिरहे पनि नतीजा थाहा पाउन मङ्सिर १४ गते उप निर्वाचन कुर्नुपर्नेछ ।

पिपरा गाउँपालिकामा सात वटा वडा रहेका छन् भने यहाँ १८ हजार ५८८ मतदाता छन् । पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रहनेछन् ।

प्रतिक्रिया दिनुहोस