१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्णय भएकै स्थानमा वडा कार्यालय बनाउन माग

अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका–७ का स्थानीयवासीले निर्णय भएकै स्थानमा वडा कार्यालय स्थापनाको माग गरेका छन् । स्थानीयवासी ३२४ जनाले बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वडा कार्यालय निर्माण गर्ने भनी निणर्य गरिएको शिव आधारभूत विद्यालयको पूर्वपट्टिको उपलब्ध गराइएको जग्गामा भवन बनाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

सोही ठाउँमा वडा कार्यालय निर्माण गर्ने भनी गत वैशाख १७ गते वडा समितिले निर्णय गरेको थियो । सोही बमोजिम उपमहानगरपालिकाले भवन निर्माणका लागि टेन्डरसमेत निकालेको थियो । तर पछिल्लो समयमा दुर्गा मन्दिर भएको क्षेत्रमा वडा कार्यालय निर्माण गर्न केही व्यक्तिले माग राख्दै पत्रकार सम्मेलन गरेपछि विवाद सिर्जना भएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख नृपबहादुर वडले पहिले दुर्गा मन्दिर भएकै ठाउँमा वडा कार्यालय निर्माणका लागि ठाउँ हेरिएको बताउँदै त्यहाँ मिनी कभर्डहल निर्माण भइरहेकाले जमीन अपुग भएकाले शिव आधारभूत विद्यालय भएको ठाउँमा विद्यालयसँग जमीन मागेको जानकारी दिए ।

दुर्गामन्दिर भएको ठाउँमा स्थानीयवासीले मन्दिरले भाडामा लगाउने गरी सटर निर्माण गरेपछि जग्गा दिने सर्त राखेको थियो नगरप्रमुख वडले भने, ‘हामी त्यो गर्न नसक्ने भएकाले पनि वडा कार्यालय शिव आधारभूत विद्यालय भएको स्थानको पूर्वपट्टिको जमीनमा निर्माण गरिने निर्णय वडा समितिले गरेको हो ।’

ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले सबैको केन्द्र पर्ने र वडा समितिले निर्णय गरी टेन्डर आह्वानसमेत भएकाले शिव आधारभूत विद्यालयले उपलब्ध गराएको जमीनमा नै वडा कार्यालय निर्माणको माग राखेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस