१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानको बग्राम सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते

अ+ अ-

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको बम आक्रमणमा परी एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका स्थानीय टेलिभिजन च्यानल टोलोले जानकारी दिएको छ ।

उक्त इलाकामा स्थानीय समयानुसार बुधबार बिहान ५ः५० बजे दुई वटा भीषण विस्फोट भएका थिए । आक्रमणकारीको पहिलो समूहले सैन्य शिविरको दक्षिणतर्फ बाहिरी इलाकामा दुई वटा बम विस्फोट गएका थिए । सो विस्फोटमा परी सयौं घर, पसल र एक मस्जिदमा क्षति भएको सो टेलिभिजन च्यानलले जनाएको छ ।

लडाकूको दोस्रो समूहले स्वास्थ्य केन्द्र कब्जा गरेका थिए । उनीहरूले विदेशी सेनालाई निशाना बनाउने र भारी हतियारले सैन्य शिविर हमला गर्ने प्रयासमा रहेका जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख अब्दुल शाकोरले बग्राम हवाई अखडा नजिकै भएको उक्त आक्रमणमा परी एकको मृत्यु हुनुको साथै ५० भन्दा बढी गाउँले घाइते भएको प्रारम्भिक सामाचारमा जनाइएको छ । उक्त विस्फोटनबाट ठूलो क्षति भएको उनले थप जानकारी दिएका छन् ।

गम्भीर रुपमा घाइते भएकाहरुलाई प्रान्तीय राजधानी चारिकबाट राष्ट्रिय राजधानी काबुल अस्पतालमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आक्रमणपछि अफगानी र अमेरिकी सेनाले उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखेका छन् । पर्वान प्रान्तको बग्राम सैन्य शिविर अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा रहेको छ ।

यस सैन्य शिविरबाट १८ वर्षदेखि अमेरिकी र नेटो सेनाको अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि सेवा गर्दै आएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस