२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्। तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गरे ।

सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिएका सबैलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकामा खुशी व्यक्त गरे । उनले पदक प्राप्ति शुरुआत मात्र भएको र आउँदो चौधौँ सागमा नेपालले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । ‘हामी सधैँ स्वर्ण पदक प्राप्त गर्ने प्रयासमा रहनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

करिब ४६ मिनेटको आफ्नो शुभकामना तथा बधाई मन्तव्यमा प्रधानमन्त्री ओलीले १३औँ साग प्रगतिमूलक रहेको बताए । ‘हामी कतिपय खेलमा सहभागी हुन नसक्ने अवस्थामा पनि खेलाडीले स्वर्ण पदक जित्नुभएको छ’, उनले भने, ‘हामी सबै नेपाली खुशी छौँ, देश खुशी छ ।’ विगतमा एउटामात्र रङ्गशाला रहेको अवस्थामा यसपालि काठमाडौँ, पोखरा र जनकपुरमा सागका विभिन्न खेल सञ्चालन गर्न सकेको उनले उल्लेख गरे । अर्को पटक नेपालले साग आयोजना गर्दा मुलुकका सातवटै प्रदेशमा नयाँ र स्तरीय रङ्गशाला निर्माण भइसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

तेह्रौँ सागको उद्घाटन तथा समापन समारोहमा दशरथ रङ्गशालामा आफू प्रत्यक्ष सहभागी भई अवलोकन गर्ने इच्छा भए पनि स्वास्थ्यका कारण आउन नसकेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले जानकारी गराए । ‘मैले निवास र अस्पतालबाटै विभिन्न खेलको अवलोकन गरेँ’, उनले भने, ‘अस्वस्थताका कारण भिडियो कन्फरेन्समार्फत शुभकामना तथा बधाई सन्देश दिएको हुँ’, विदेशी नागरिकले नेपालीको सहयोग बिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नसकेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक खेल जित्न सक्ने सामथ्र्य नेपाली खेलाडीमा रहेको उल्लेख गरे । उनले इमान्दारी र मेहनत नै सफलताको कडी भएको बताए ।

‘जित्छु भनेर खेलेपछि जितिन्छ’, बालुवाटारमा उपस्थित तीन सयभन्दा बढी खेलाडी, प्रशिक्षक र खेलकूद पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले भने । तेह्रौँ सागको पौडीमा चार स्वर्णसहित कूल नौ पदक जितेकी गौरिका सिंहको नाम उल्लेख गर्दै उनले सबै खेलाडीले आगामी प्रतियोगितामा स्वर्ण जित्ने उद्देश्यका साथ खेल्नुपर्नेमा जोड दिए । ‘प्रत्येक खेलाडीले आफ्नोे कीर्तिमान आफैँ भङ्ग गरेर खेल्नुपर्छ’, उनले भने । सागको पुरुष फुटबलको फाइनलमा भूटानसँगको खेलमा नेपाली टोलीले विगतभन्दा राम्रो खेलेको सम्भिझदै प्रधानमन्त्री ओलीले सबै खेलाडीलाई अभ्यास बढाउन आग्रह गरे ।

सो अवसरमा युवा तथा खेलकू्दमन्त्री जगतबहादुर विश्वकर्माले प्रधानमन्त्री ओलीलाई १३औँ सागको मस्कट उपहारस्वरुप हस्तान्तरण गरेका छन् । पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया लगायतको उपस्थिति थियो ।

सो अवसरमा राखेप सदस्यसचिव सिलवालले शुक्रबार १३औँ सागका विजेता खेलाडीलाई उपत्यकाका तीनवटै शहरमा रथारोहण गरिने जानकारी गराए । मङ्गलबार सम्पन्न सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जित्दै प्रतियोगितामा दोस्रो भएको थियो ।