२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयवासीको विरोध भए पनि निसर्दीघाटमा उत्खनन

सुशीला रेग्मी

अ+ अ-

बेझाड । स्थानीयवासीले विरोध जनाए पनि रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीको निसर्दीघाटमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । घाटको संरचना बिग्रने भन्दै स्थानीयवासीले विरोध गरिरहेको अवस्थामा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको कामका लागि भन्दै स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकालिएको छ ।

वर्षौंदेखि हिन्दू परम्परानुसार कालीगण्डकी स्नान, शवदाह आदि मानिसको जीवन र दैनिकीसँग प्रत्यक्ष जोडिएको घाटमा स्काभेटरका माध्यमबाट नदीजन्य पदार्थ निकाल्दा यहाँको संरचना नै परिवर्तन हुने भएकाले आफूहरू यसको विरोधमा उत्रनु परेको स्थानीयवासी हरिप्रसाद अधिकारीले बताए ।

‘नदी दोहन हुन थालेपछि दिनानुदिन जोखिम बढ्नाका साथै स्काभेटरको प्रयोगका कारण नदी किनारमा पुग्न पनि डर लाग्न थालेको छ’, उनले भने, ‘शव दाह गर्न जानका साथै नदी स्नान गर्न, गाईबाख्रा चराउन जाँदासमेत कतिबेला दुर्घटना हुने हो भन्ने स्थानीयवासीलाई भय थपिएको छ ।’

घाट नजीकै बस्ती रहेका कारण बालबच्चा खेल्न जाँदा स्काभेटरले नदीजन्य पदार्थ निकालेको खाल्डोमा परेर मानवीय दुर्घटना निम्तने डर पनि उत्तिकै बढाएको उनले बताए । नदीको किनार नै गहिराउने गरी नदीजन्य पदार्थ निकाल्दा छेउछाउमा हिँड्ने बटुवाका लागि जोखिम भएको छ ।

करिब एक सय वर्गमिटर क्षेत्रफलमा नदीजन्य पदार्थ निकाल्ने काम भइरहेको यस घाटमा दैनिक एक स्काभेटर र तीनदेखि चार वटासम्म टिपर सञ्चालन भइरहेका छन् । घाटबाट दैनिक ७३ टिपसम्म नदीजन्य पदार्थ निकासी हुने गरेको स्थानीयवासी बताउँछन् ।

सडक विभागले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको कामका लागि नदीजन्य सामग्री उत्खननका लागि प्रारम्भिक वातावरण अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेकाले हेभी उपकरणको प्रयोग गरी नदीजन्य वस्तु निष्कासनका लागि निर्माण व्यवसायीलाई अनुमति दिएको छ ।

रामपुर नगरपालिकास्थित कालीगण्डकीको निसर्दीघाट, बौडीघाट र भलायटार घाटमा हेभी उपकरण प्रयोग गरी नदीजन्य सामग्री उत्खननका लागि विभागबाट नै स्वीकृत भएर आएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

विभागबाट अनुमति पाएपछि यहाँ स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकाल्न शुरु गरिएको कालीगण्डकी करिडोर ४ नं प्याकेजका सबइन्जिनीयर दीपेन्द्र मण्डलले बताए । विकासको नाममा नदीको संरचना नै परिवर्तन हुने गरी नदीजन्य पदार्थ निकाल्न नहुने स्थानीयवासीको भनाइ छ ।

ठूला ठूला हेभी उपकरण लगाउँदा पर्यावरणीय संरचना बिग्रने, नदीको धार नै परिवर्तन हुने, नदीमा नुहाउन, शव दाह संस्कार गर्न, गाईबाख्रा चरनका लागि जान जोखिम बढेपछि बस्ती नजीकै नदीजन्य पदार्थ ननिकाल्न स्थानीयवासीले माग गरेका हुन् ।

नेपालकै एकमात्र शालिग्राम पाइने कालीगण्डकी पवित्र धार्मिक तथा पर्यटकीय नदी भएकाले नदी तथा घाटको स्वरूपलाई नै बिगारेर नदीजन्य पदार्थ उत्खनन नगर्न पटकपटक सम्बन्धित वडा कार्यालयमा प्रभावित क्षेत्रका स्थानीयवासीले आग्रह गरिरहेका छन् ।