२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृत कुटिए, नगरपालिकाको सम्पूर्ण काम ठप्प

अ+ अ-

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका दुई जना अधिकृत कुटिएका छन् ।

बुधबार साँझ कार्यालयको काम सकेर फर्कने क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा आठबीसकोट नगरपालिका वडानम्बर–३ का अध्यक्ष केशरमान विक पक्राउ परेका छन् ।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागी पाँच टाका लगाइएको बताइएको छ । सूचना अधिकृत चन्दलाई भने सामान्य चोट लागेको छ ।

अधिकृत केसीले वडाअध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा किटानी जाहेरी दिएपछि प्रहरीले वडाध्यक्षलाई पक्राउ गरको हो ।

कुटपिटमा संलग्न अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उक्त घटनाप्रति नगरपालिकाका कर्मचारीहरुले आपत्ति जनाउँदै निमित्त प्रशासकीय र आइटी अधिकृत कुटपिटमा संलग्नमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि सम्पूर्ण काम ठप्प पार्ने घोषणा गरेका छन् ।

आठबीसकोट नगरपालिका कर्मचारी परिवारले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नि. प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृतजस्तो जिम्मेवार कर्मचारीमाथि गरेको आक्रमणको विरुद्धमा निजहरूलाई कानूनबमोजिम कारबाही नभएसम्मका लागि कर्मचारीको तर्फबाट नगरपालिकामा सम्पादन हुने सम्पूर्ण कामहरू ठप्प हुने भएकाले सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।’

विज्ञप्ति :