दैलेख । शनिबार राति अपहरणमा परेका देलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाहीकी श्रीमती सकुशल भेटिएकी छन् । अध्यक्ष शाहीको अवस्था भने अझै पनि अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
सम्बन्धित समाचार : गाउँपालिका अध्यक्ष दम्पति अपरहरण
अध्यक्ष शाहीकी श्रीमती इला शाही आइतबार बिहान ९ बजेतिर कालिकोटको सिमाना नजिक फेला परेको बताइएकोछ ।
अध्यक्ष दम्पति शनिबार राति अपहरणमा परेका थिए । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राति १२ बजेतिर १५ जनाको समूहमा आएर अपहरण गरी लगेको पारिवारिक स्रोतले जनाएको छ ।
अपहरण के कति कारणले गरेको भन्ने अहिलेसम्म खुल्न नआएको प्रहरीले जनाएको छ ।
अध्यक्ष शाहीकी श्रीमती इला शिक्षण पेशामा संलग्न छन् ।







