२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ घण्टा काम गर्ने महिलाहरूको योगदानको गणना हुनुपर्ने सुझाव

अ+ अ-

डोटी । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ २०७८ सालमा हुन गइरहेको राष्ट्रिय जनगणनाले अठार घण्टा काम गरी घर धान्ने महिलाहरूको योगदानको पनि गणना हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

तथ्याङ्क कार्यालय डोटीले आइतबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरूले सुझावको रूपमा सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले २०७८ सालमा राष्ट्र व्यापी रूपमा हुन गइरहेको राष्ट्रिय जनगणनाले घरायसी काममा अठार घण्टा काम गरेर राष्ट्र निमार्णमा योगदान पुर्‍याएका महिलाहरूको पनि गणना हुनुपर्ने सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै उनले ‘बस्ती स्तरमा बस्ने आम नागरिकका भावना र वास्तविक स्थिति पत्ता लाग्ने खालका प्रश्नावलीहरू हुनुपर्ने, कृर्षि, पर्यटक, शिक्षा, स्वास्थ्यको वास्तविक अवस्था पहिचान हुने खालको तथ्याङ्कहरू आउनु पर्ने, सामाजिक कुरीतिको रूपमा रहेको, छाउपडी, बालविवाह, लैङ्गिक विभेद जस्ता अवस्थाको बारेमा पनि तथ्याङ्कमा आउनु पर्ने बताए । ’

सबै कुराहरू गणना पश्चात् तथ्याङ्कबाट देखिने भएको हुँदा यसलाई भरपर्दो विश्वसनीयता, कसरी बनाउन सकिन्छ भन्ने विषय महत्त्वपूर्ण भएको हुँदा सत्य, तथ्य तथ्याङ्क बाहिर ल्याउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्लाको लागि महत्त्वपूर्ण भएको समेत प्रजिअ पौडेलले बताए ।

प्रत्येक १० वर्षको अन्तराल पछि हुने जनगणना जिल्लाका लागि महत्त्वपूर्ण भएको तथ्याङ्क कार्यालय डोटीकी तथ्याङ्क अधिकृत एवं कार्यालय प्रमुख गौरी जोशीले बताइन् । उनले भनिन् ‘जिल्ला तहमा सम्पूर्ण सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य गर्नुका साथै राष्ट्रिय जनगणना लाई डोटी जिल्लामा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सुझाव सङ्कलन गर्न कार्यक्रमको आयोजना गरेका हौ, डोटीमा प्रभावकारी बनाउँछौ ’।

विभिन्न चरणमा हुन गइरहेको राष्ट्रिय जनगणनाको कार्यपालिका अनुसार जनगणनाको स्थलगत कार्य २०७८ वैशाख २५ देखि ज्येष्ठ १५ सम्म घरपरिवार सूचीकरण, ज्येष्ठ २५ देखि असार ८ गते सम्म र ज्येष्ठ २५ देखि असार ८ गते सम्म सामुदायिक प्रश्नावली गणना गरिने समेत तथ्याङ्क अधिकृत जोशीले बताइन् ।

कार्यक्रमका सहभागीहरूले विगतका वर्षहरूमा गरिएको जनगणना बाट आउने तथ्याङ्कले एक प्रकारको देखाउने र वास्तविक अवस्था अर्को प्रकारको हुने हुँदा वास्तविक तथ्याङ्क सङ्कलन ध्यान दिनु पर्ने, कार्यस्थलमा खटिने गणकलाई तथ्याङ्क, प्रश्नावलीको बारेमा प्रस्ट जानकारी हुनुपर्ने, तथ्याङ्क टोल बस्तीमा पुगेर सङ्कलन गर्नुपर्ने लगाएका सुझाव दिएका थिए । कार्यक्रममा डोटी जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, सरोकारवाला किनाएको सहभागिता रहेको थियो ।