२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख टुङ्‌गो लगाउन ओली-प्रचण्डबीच बालुवाटारमा छलफल

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा सभामुखबारे छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल सकारात्मक रहेको नेताहरुको भनाइ छ । शुक्रबार नेकपाले सभामुखबारे निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली सभामुख पद पूर्वमाओवादी पक्षलाई दिन सकारात्मक देखिएका छन् । यद्यपि उनले सरकारलाई सहयोग गर्ने खालको सभामुख चाहिएको आवश्यकता औँल्याएका छन् ।

यसअघि ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । पूर्वमाओवादी पक्षले भने सभामुख पद आफ्नो भागमा परेको भन्दै प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै आएको थियो ।

सभामुखबारे विवाद उत्कर्षमा पुग्दा दुई अध्यक्षबीच पाँच दिनसम्म संवादसमेत हुन सकेको थिएन । बिहीबार संवादहीनता अन्त्य गर्दै दुई अध्यक्षबीच दुई घण्टाभन्दा बढी समय छलफल भएको थियो । दुवै अध्यक्ष शुक्रबार सहमति जुटाउनेमा प्रतिबद्ध रहेको बालुवाटार स्रोतले जनायो ।