२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा निर्वाचन : सचेत भई मताधिकार प्रयोग गर्न आग्रह

अ+ अ-

वीरगञ्ज । बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ स्थानीय तह रहेको पर्सामा २८ मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सचेत भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत रञ्जीता झाले विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले निर्वाचन निष्पक्ष, स्वच्छ हुनुपर्नेमा जोड दिएका छन् । प्रदेश नं– २ का आठ जिल्लामा १०७ प्रदेश सभासदस्य र २७२ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी ३७९ मतदाता रहेका छन् ।

प्रदेश नं– २ मा जम्मा मतभार १० हजार ३२ रहेका छ । प्रदेशसभा सदस्यको मतभार ५ हजार १३६ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८९६ रहेको छ । बिहान १०ः०० बजेदेखि मतदान शुरु भई अपराह्न ४ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने सो मतदानका लागि प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायणनिधि सांस्कृतिक केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेश सभासदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको बताइएको छ ।

सो निर्वाचनमा महिलातर्फ एक पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीका तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसका तर्फबाट नगिना यादवको उम्मेदवारी परेको छ । यसैगरी दलित सभामुखबाट एक पदका लागि नेकपाका तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीका तर्फबाट रामपृत पासवानबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी अल्पसङ्ख्यक समूहबाट एक पदका लागि नेपाली कांग्रेसबाट भोला पञ्जीयार र राजपाबाट शेखरकुमार सिंहबीच प्रतिस्पर्धा हुनेछ । अन्य समूहअन्तर्गत एक पदका लागि समाजवाटी पार्टीबाट अनिरुद्धकुमार सिंह र राजपाका तर्फबाट मृगेन्दकुमार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।रासस