काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे उर्फ राजीव गुरुङविरुद्ध कुटपिटको उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।
बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति पाएपछि उनलाई निन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
सम्बन्धित समाचार : सांसद दीपक मनाङ्गे लेकसाइडबाट पक्राउ
जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।







