२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक प्रविधिमैत्री हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

दमौली । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निजी र सरकारी विद्यालयबीचको गुणस्तरताको खाडल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

विदेशी सहयोगमा निर्माण भएको तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालय भवनको आज उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताए ।

‘निजी विद्यालयमा सरकारको लगानी छैन, तर निजी विद्यालयमा नै शिक्षाको गुणस्तर राम्रो छ,’ उनले भने, ‘सरकारको लगानी रहेको सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर छ, त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’ अध्यक्ष तिमिल्सिनाले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण रहने बताए ।

सरकारी विद्यालयमा अभिभावकको चासो कम रहने गरेको बताउँदै उनले अभिभावकको चासोले मात्रै शिक्षाको गुणस्तर सुधार गर्न सकिने धारणा व्यक्त गरे । ‘निजी बोर्डिङमा पढाउने अभिभावकले बालबालिकाको ध्यान दिने गरेको पाइन्छ’, उनले भने, ‘सरकारी विद्यालयमा पढाउने अभिभावकले भने बालबालिकाले कस्तो शिक्षा लिइरहेका छन् भन्नेतर्फ चासो राखेको पाइँदैन, जसले सरकारी विद्यालयको गुणस्तर खस्किरहेको छ ।’

अध्यक्ष तिमिल्सिनाले अबको युग प्रविधिको भएकाले शिक्षकहरु पनि प्रविधिमैत्री बन्नुपर्ने उल्लेख गर्दै परम्परागत ढर्राबाट सञ्चालन गरिने शिक्षण सिकाइ प्रभावकारी नहुने भएकाले शिक्षकहरुले प्रविधिको प्रयोग गरी नयाँ ढङ्गबाट पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

देश बनाउन सबै जनता आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिँदै उनले नेताहरुले मात्रै देश बनाउनुपर्छ भन्ने भावना त्याग्न आग्रह गरे ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शिक्षाको चिन्ता नगर्ने शिक्षकले गुणस्तरीय शिक्षा दिन नसक्ने उल्लेख गर्दै शिक्षकहरु शिक्षाप्रति उत्तरदायी बन्नुपर्ने बताए । अभिभावक र शिक्षकबीचको तालमेलले मात्रै विद्यालय र शिक्षाको विकास सम्भव रहेको बताउँदै उनले शिक्षाको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

विद्यालय निर्माणमा सहयोग पुर्‍याएको चिल्ड्रेन अफ माउण्टेनका संस्थापक अध्यक्ष जोनले नेपालको शैक्षिक क्षेत्रमा संस्थाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । नेपालमा काम शुरु गरेको दश वर्षको अवधिमा संस्थाले १३ वटा विद्यालय भवन निर्माण गरेको उनले जानकारी दिए ।

चिल्ड्रेन अफ माउण्टेनको रु ७० लाख र बन्दीपुर गाउँपालिकाको रु तीन लाख गरी कूल रु ७३ लाखको लागतमा पाँच कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरसिं थापाले जानकारी दिए । भूकम्पले क्षति पुगेपछि विसं २०७५ माघ १ गतेबाट विद्यालयको नयाँ भवन निर्माण शुरु भएको थियो ।

बालविकासदेखि कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयाम ४७ विद्यार्थी छन् । कूल विद्यार्थीमध्ये ७५ प्रतिशत दलित समुदायका विद्यार्थी रहेको प्रधानाध्यापक रामजीबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार विद्यालयलाई अझै पनि भवन अपुग रहेको छ ।रासस