२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख निर्वाचन आयुक्त थपलिया ‘खाँदबारी गौरव’बाट सम्मानित

अ+ अ-

खाँदबारी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला सङ्खुवासभामा विभूषित भएका छन् ।

खाँदबारी नगरपालिकाले शनिबार उनीहरु लगायत विभिन्न सात विधामा २६ जना आफ्ना नगरबासीलाई विभूषण र पदकले सम्मान गरेको हो । उनीहरुलाई नगरसभाबाट विभूषणसम्बन्धी ऐन जारी गरी पहिलोपटक विभूषित गरेको जनाइएको छ ।

‘खाँदबारी गौरव’ पदकबाट प्रमुख निर्वाचन आयुक्त थपलिया र पूर्वसचिव स्व सन्तबहादुर राईलाई विभूषित गरिएको छ । देशकै प्रतिष्ठा बढाउन योगदान पुर्‍याउने नगरवासीलाई नगरपालिकाको विभूषणसम्बन्धी ऐनल्याई सम्मान गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।

सोही अवसरमा खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पद २६ जनालाई प्रदान गरिएको छ ।

‘खाँदबारी रत्न’ पदकबाट खाँदबारी–१ निवासी पूर्वगृहसचिव प्रेमकुमार राई, स्व दुर्गादेवी घिमिरे, खाँदबारी नगरपालिकाका प्रथम प्रमुख स्व किरण शाक्यलाई विभूषित गरिएको छ । घिमिरे र शाक्यलाई मरणोपरान्त सम्मान गरिएको हो । ‘खाँदबारी तारा’ पदक स्व लोकगायक खेमराज गुरुङ, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, संयुक्त राष्ट्रसङ्घका स्थायी प्रनिनिधि अमृत राई, डा हिरामणि घिमिरे, लोकगायक नवीन खड्कालाई प्रदान गरिएको छ ।

‘खाँदबारी ज्योति’ पदक डा बीना राई, जयप्रसाद चापागार्इं, हरिप्रसाद भण्डारी, कृष्ण गोपाल, सोमराज अभयलाई विभूषित गरिएको छ । यसैगरी ‘खाँदबारी पौरख’ पदक जगत शाक्य, लक्ष्मीप्रसाद गुरुङ, चक्र बिसुन्के र ‘खाँदबारी समाजसेवाश्री’ सूर्यबहादुर श्रेष्ठ, जयबहादुर श्रेष्ठलाई सम्मानित गरिएको थियो । त्यसैगरी ‘खाँदबारी सेवाश्री’ बीनाकुमारी शाक्य, बिष्णु बुढाथोकी, मदन अर्याल, खेमराज नेपाल, सुरेन्द्र विष्ट र नइन्द्र मगरलाई विभूषित गरिएको छ ।

विसं २०५३ मा स्थापना भएको खाँदबारी नगरपालिकाले स्थापना दिवसको अवसरमा मेयरकप भलिबल प्रतियोगिता, उपमेयरकप कबड्डी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।